३ ओभरमै शतक बनाउने यी महान क्रिकेटर

अष्ट्रेलियाका अन्तर्राष्ट्रिय त्रिकेट खेलाडी सर डोनाल्ड जर्ज ब्राडम्यानको आज १ सय १० औँ जन्मदिन हो । गूगलले डूडल नै बनाएर महान क्रिकेटर ब्राडम्यानलाई सम्झिएको छ ।

विश्व क्रिकेट इतिहासमा क्रिकेटका ‘डन’ मानिने ब्राडम्यानको जन्म सन् १९०८ अगस्ट २७ तारिख मा भएको थियो । उनले आफ्नो क्रिकेट करियरको सुरुवात १९२८ मा गरेका थिए । उनले सन् १९४८ मा आफ्नो अन्तिम खेल खेल्दै सन्यास लगेका थिए । ८९ वर्ष पहिला ब्राडम्यानले एक यस्तो रेकर्ड बनाएका थिए जसलाई आजसम्म कसैले तोड्न त के तोड्नेबारे सोच्न पनि सकेको छैन ।

यो रेकर्ड त्यतिबेलाको थियो, जुनबेला आठ बलको एक ओभर हुने गर्दथ्यो । सन् १९३१ मा ‘ब्ल्याकहिथ ११’ र ‘लिथगो’ बीच खेलिएको खेलमा ब्राडम्यानले विश्व रेकर्ड बनाएका थिए । ब्ल्याकहिथ को तर्फबाट बोडम्यान र ओस्कर बेल क्रिकेट मैदानमा उत्रेका थिए । त्यतिबेला ब्राडम्यानलाई आउट गर्नु सानोतिनो कुरा थिएन । बलरले बल बचाउनको लागि भए पनि धेरै नै मिहेनत गर्ने गर्थे ।

त्यति बेला ब्राडम्यानले आफ्नो अब्बल प्रस्तुति देखाउँदै त्यो खेलमा २५६ रन बनाउन सफल भएका थिए । जसमा उनले १४ छक्का र २९ चौका हानेका थिए । त्यही खेलमा उनले तीन ओभरमा शतक पुर्याएर विश्वलाई नै चकित पारेका थिए । त्यतिबेला ब्राडम्यानले यसरी बनाएका थिए शतक ।

पहिलो ओभर : ६,६,४,२,४,४,६,१ ( ३३ रन )
दास्रो ओभर : ६,४,४,६,६,४,६,४ ( ४० रन )
तेस्रो ओभर : १,६,६,१,१,४,४,६ ( २७ रन ) र दुई रन बेंडल बेलले बनाएका थिए । उज्यायाेबाट साभार

कमेन्ट गर्नुहोस्

error: Content is protected !!