विशेषाधिकार समितिको सभापतिमा श्रेष्ठ

वुटवल, भदौँ ११ । प्रदेश नं.५ को विशेषाधिकार समितिको सभापतिमा गुल्मीबाट निर्वाचित प्रदेश सभा सदस्य कमलराज श्रेष्ठ चयन भएका छन् ।

उनी नेकपाको तर्फबाट प्रतिनिधित्व गर्ने भएका छन् ।

सोमबार संसद सचिवालयमा बसेको विशेषाधिकार समितिको बैठकले उनलाई सभापतिमा चयन गरेको हो ।

जेष्ठ सदस्य बाबुराम गौतमको अध्यक्षता एवं सभामुख पूर्णबहादुर घर्ती मगरको प्रमुख आतिथ्यतामा बसेको बैठकले उहाँलाई सभापतिमा चयन गरेको हो । आजै श्रेष्ठलाई सभामुख पूर्णबहादुर घर्तीमगरले पद तथा गोपनीयताको समथ ग्रहण गराएका थिए ।

समितिमा ११ जना प्रदेश सभा सदस्यहरुको प्रतिनिधित्व रहेको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!