उप-महानगरपालिकामा स्तनपान कक्ष स्थापना

दाङ, भदौ ११ । तुलसीपुर उप-महानगरपालिकामा स्तनपान कक्ष स्थापना गरिएको छ । उपमहानगरपालिकाका उपप्रमुख माया आचार्यले सो कक्षको आइतबार उदघाटन गरे । स्तनपान कक्ष निर्माण गरेसँगै अब सानो दुधे बालक लिएर कार्यालयको काममा आउने कर्मचारी र सेवाग्राही महिलालाई स्तनपान गराउन सजिलो हुनेछ ।

दुई लाख रुपैयाँको लागतमा निर्माण गरिएको सो कक्षमा सुतेर बच्चालाई दूध खुवाउनको लागि पलङसहितको बेड, बस्नको लागि सोफा राखिएको छ । उपप्रमुख आचार्यले स्तनपान कक्ष स्थापनासँगै तुलसीपुर उपमहानगरपालिकालाई नमूना स्मार्टसिटीको रुपमा विकास गर्न थप मद्दत मिल्ने बताए। त्यस अवसरमा १० जना सुत्केरी सेवाग्राही महिलालाई न्यानो कपडा र झोलासमेत वितरण गरिएको छ । –रासस

कमेन्ट गर्नुहोस्

error: Content is protected !!