एनआइसी एसिया बैंकमा राेजगारीको अवसर

काठमाडौं, भदौ १० । एनआइसी एसिया बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले विभिन्न पदमा गरी १० पदमा विज्ञापन गरेको हो ।

बैंकले उपत्यकाभित्र र बाहिरका विभिन्न स्थानमा स्थापना गरिने क्षेत्रीय कार्यालयका लागि विभागिय प्रमुख माग गरेको छ । असिस्टेन्ट मेनेजर तथा डेपुटी मेनेजर तहमा रहेर सरकारी संस्था, शैक्षिक संस्था, उत्पादनमूलक क्षेत्र, वित्तीय सेवा एवम् अन्य विषयगत विभागको प्रमुखका लागि दरखास्त आह्वान गरिएको हो ।

स्नातक उतीर्ण गरेको र सम्बन्धित क्षेत्रमा पाँच वर्ष कार्य अनुभव भएका व्यक्तिले आवेदन दिन सक्ने बैंकले जनाएको छ । स्नातकोत्तर उतीर्ण आवेदकलाई प्राथमिकता दिइने छ ।

आवेदकको उमेर २५ र ५० वर्षको बीचमा हुनुपर्नेछ । आवेदन दिने म्याद ५ सेप्टेम्बरसम्म रहेको छ । अनलाइनमार्फत इच्छुक व्यक्तिले आवेदन दिन सक्ने छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!