कंचनपुरमा फेरि कर्फ्यु खुकुलो

भीमदत्त नगर, भदौ १० । कंचनपुर जिल्ला प्रशासनले भीमदत्त नगर पालिकाको महेन्द्रनगर बजारमा लगाएको कर्फ्यु फेरी खुकुलो गरेको छ ।

बिहान १० बजेपछि ‘अनिश्चित कालका लागि’ भनेर लगाइएको कर्फ्यु अहिले साँझ ६ बजेदेखि राति १० बजेसम्मका लागि  र भोलि बिहान ५ बजेदेखि १२ बजेसम्मका लागि हटाइएको छ ।

भीमदत्त नगर वडा नम्बर २ की १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्यालाई लिएर हिँसा भड्किएपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको थियो ।

शुक्रबार साँझ प्रहरीको गोली लागेर मृत्यु भएका सन्नी खुनाको आइतबार बिहान ब्रह्मदेव घाटमा अन्तिम संस्कार गरिंदा पनि ४ घन्टाका लागि कर्फ्यु हताइएको थियो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!