प्रकाण्ड पक्राउ र रेशमलालका बारेमा संसदमा यस्ताे भने डा. भट्टराईले

काठमााडौं, भदौ १० । नयाँ शक्ति पार्टी नेपालका संयोजक एवम् पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खडगबहादुर विश्वकर्मा (प्रकाण्ड) लाई बारम्बार पक्राउ गर्ने सरकारी कार्यको निन्दा गरेका छन् ।

आइतबारको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै डा भट्टराइले भने, ‘पञ्चायतकालको झल्को आउने गरी प्रकाण्डलाई अदालतले छोड्ने तर राज्यले पटक–पटक पक्राउ गर्ने गरेको छ । त्यस्तो खालको व्यवहार कसैलाई पनि राज्यले गर्न हुँदैन् ।’

भट्टराईले प्रकाण्डको पार्टीले अपनाएको बाटोमा आफू सहमत हुन नसक्ने तर उनीहरुले उठाएका मुद्दालाई भने राज्यले सम्बोधन गर्ने पर्ने बताए ।

साथै भट्टराईले टिकापुर घटनाका मुख्य अभियुक्त करार गरी जेल सजाय भोगिरहेका रेशमलाल चौधरीलाई सांसदको सपथ खुवाउने व्यवस्था गर्न पनि सरकारसँग माग गरे ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!