नेपाललाई अर्को झट्का, ज्ञानेन्द्र आउट

काठमाडौं, भदौ १० । श्रीलंका भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अहिले श्रीलंकाली टोलीविरुद्ध व्याटिङ गरिरहेको छ । नेपालको दोस्रो विकेट पतन भएको छ ।

नेपालका ज्ञानेन्द्र मल्ल ६५ बलमा ४५ रन बनाएर आउट भएका छन् । यसअघि ओपनर सुभाष खकुरेल २३ बलमा २२ रन बनाएर आउट भएका थिए ।

नेपाल श्रीलंकाली क्लब कोल्टस्ले दिएको २१६ रनको विजयी लक्ष्य पछ्याइ रहेको छ । जसमा नेपालले राम्रो प्रदर्शन गरिरहेको छ । नेपालले २० ओभरमा एक विकेटको क्षतिमा ११२ रन बनाएको छ । जितका लागि अब नेपाललाई १८० बलमा १०५ रन बनाउनु पर्ने छ ।

अहिले क्रिजमा पारस खड्का ४१ बलमा ४४ र सागर पुन ० रनमा क्रिजमा छन् ।

टस जितेर व्याटिङ गरेको श्रीलंकाको कोल्ट्स क्रिकेट क्लबविरुद्ध नेपालले कसिलो बलिङ गर्दै ४९.५ ओभरमा अलआउट गरेको थियो ।

कोल्टस्को घरेलु मैदानमा भएको खेलमा नेपालका लागि सोमपाल कामीले ३, सागर पुन र करन केसी २ २ ललितनारायण राजबंशी १ विकेट लिएका हुन ।

त्यसैगरी, कोल्ट्सका लागि हसन हेवानले सर्वाधिक ५९, आयानाले ३६ र मदुरा लक्मलले ३१, विश्वले २६ रकृण्ण २४ बनाउनु बाहेक कसैले दोहोरो अंकको रन बनाउन सकेनन् ।

नेपाली क्रिकेट टोली भोली एसिया कप छनोट खेल्नका लागि मलेसिया प्रस्थान गर्नेछ । एसिया कपको छनोट खेलमा टेष्ट खेल्ने बाहेक उत्कृष्ट ६ एसोसिएट टोलीले मलेसियामा २९ अगष्ट देखि सेप्टेम्वर ६ सम्म खेल्नेछन् ।

प्रतियोगितामा एकदिवसीय मान्यता प्राप्त नेपाल र युएईसहित हङकङ, ओमान, सिंगापुर र आयोजक मलेसियाबीच राउण्ड रोविनमा प्रतिस्पर्धा हुनेछ ।

छनोट खेलमा शीर्षस्थानमा रहने दुई टिमबीच विजेता सेप्टेम्बरमा युएईमा हुने एसिया कपको लागि छनोट हुनेछ । छनोटको विजेताले एसिया कपको समूह चरणमै भारत र पाकिस्तानसँग खेल्ने छ ।

कमेन्ट गर्नुहोस्