प्रधानमन्त्रीलाई देउवाको प्रश्न- न्याय माग्दा जनताका छोरा मर्नुपर्ने कस्तो लोकतन्त्र ?

काठमाडौं, भदौ १० । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले न्याय माग्दा जनताका छोराले मर्नुपर्ने कस्तो लोकतन्त्रको अभ्यास गरारिदै छ भनि सरकारलाई प्रश्न गरेका छन् । ्

पूर्वप्रधानमन्त्री समेत रहेका विपक्ष दलका नेता देउवाले आइतबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै, ‘निर्मला पन्त हत्या प्रकरणमा राज्यले संयमता अपनाउन नसक्दा प्रहरीको गोलीबाट अर्का बालकको मृत्यु भयो, कैयौँ घाइते भएका छन्, सरकारको यस्तो दमनकारी शैलीको म घोर निन्दा र भत्र्सना गर्न चाहन्छु । एक बालिकाका लागि न्याय माग्दा अर्को बालकले मारिनुपर्ने यो कस्तो लोकतन्त्रको अभ्यास गराउँदैहुनुहुन्छ प्रधानमन्त्री जी ले ?’

देउवाले कञ्चनपुर भीमदत्त नगरपालिका २ कि १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कार पछि हत्या प्रकरणका अपराधी जोगाउन राज्य नै लागेको बताउँदै जनताले अब न्याय माग्न कहाँ जाने भन्दै प्रश्न गरे ।

देउवाले भने, ‘दोषीलाई जोगाउन राज्य नै लाग्दैछ, अब जनताले न्याय माग्न कहाँ जाने रु अपराधलाई जोगाउन खोज्नु पनि अपराध हो । निर्दोषलाई दोषीका रुपमा किटानी गरेर कारबाही प्रक्रिया अगाडि बढाएको विषय अपराधको पराकाष्ठा नै हो । म यसमा गम्भीर बन्न सरकारलाई आग्रह गर्छु ।’

पछिल्लो समय देशभर बलात्कार, हत्या हिंसाका घटना बढेको भन्दै कञ्चनपुरकी निर्मला प्रतिनिधि पात्र मात्रै भएको बताउँदै यस्ता घटना रोक्न सबैले हातेमालो गर्नुपर्ने बताए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!