खानेपानी मन्त्रीले भेटिन ४ वर्षदेखि कोमामा रहेका कुमारलाई, तत्काल नेपाल फर्काउन पहल गरिने

आबुधाबी, भदौ १० ।  खानेपानी मन्त्री बीना मगरले चार वर्षदेखि कोमामा रहेका एक नेपालीलाई नेपाल फर्काउने प्रक्रियाका लागि पहल गर्ने बताइन ।

आबुधाबीको मदानी अस्पतालमा जीवन र मृत्युको दोसाँधमा रहेका पर्वतका कुमार फलामी मगरलाई नेपाल फर्काउन प्रक्रिया थालनी गर्ने मन्त्री मगरले बताइन ।

गैर आवासीय नेपालीहरुको कार्यक्रममा युएई पुगेकी मन्त्री मगर तीन घण्टा टाढा रहेको मदानी अस्पतालमा कुमारलाई भेटन गएकी हुन । कुमारको अवस्था देखेर संवेदनशील बनेकी मगरले तत्काल नै यस विषयमा सरकारले आवश्यक पहल गर्ने बताइन । “अब हामी छिट्टै नेपाल लैजान्छौ तपाईलाई केहि हुन्न, तपाई छिट्टै निको हुनुहुन्छ ।” मगरले कुमारलाई भेटदै भनिन ।

मन्त्री मगरले कुमारको अवस्थाबारे सम्पूर्णरुपमा बुझ्दै नेपाल फर्काउने विषयमा गम्भीर छलफल गरेकी थिइन । “दूतावाससँग समेत कुरा भएको छ, नेपाल फर्केर श्रम मन्त्री र प्रधानमन्त्रीसँग छलफलपछि वहाँलाई फर्काउने प्रक्रिया सुरु हुने छ ।” मन्त्री मगरले बताइन । कुमारको परिवारका बारेमा सम्पूर्ण विवरण खोज्न समेत मन्त्री मगरले निर्देशन दिइन ।

कुमार फलामी मगर सडक दुर्घटनामा परेर गम्भीर घाइते भएका थिए । अहिले युएईको अबुदाबीस्थित मदिना हस्पिटलमा कोमामा रहेका छन् । पर्वत जलजला गाउँपालिका निवासी कुमार फगामी पुनलाई तत्काल उद्धार गर्नको लागि पहल गर्न दूतावासलाई निर्देशन समेत मन्त्री मगरले दिनु भएको छ ।

 

अस्पतालमा कुमारलाई भेटन जानु अघि मन्त्री मगर र पूर्व श्रम मन्त्री रमेश लेखकले राजदूतसँग भेट गरी कुमारलाई नेपाल फर्काउने विषयमा छलफल गरेका थिए ।

नेपाली दूतावासले भने कुमारलाई घर फर्काउन खोजेपनि परिवारसँग सम्पर्क हुन नसकेको बताएको थियो । कुमारको पारिवारिक स्थिति दयनीय रहेको बताइएको छ

 

यसैबीच मन्त्री मगर र पूर्व श्रम मन्त्री रमेश लेखकले युइएमा कार्यरत श्रमिक नेपालीहरुसँग भेट गर्नुका साथै नेपाली दुतावास युएईस्थित आबुधाबीमा सेन्टरमा रहेको नेपाली महिलाहरुसँग भेट गरेका छिन् । बिभिन्न समस्या परेर दूतावासको सेल्टरमा रहेका महिलाहरुका समस्या सुनेपछि मन्त्री मगरले उनीहरुलाई छिट्टै नेपाल फकाउन पहल गर्ने बताइन । “पीडित महिलालाई सरकार तत्काल स्वदेश फर्काउछ ढुक्क हुनुस् ।” दुतावासको शरणमा एक दर्जन महिलाहरु आश्रय लिइरहेका छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!