भारत सरकारको ठूलो निर्णयः सबै जिल्ला अस्पताल र डेन्टल कलेजमा अत्याधुनिक सूर्ति मुक्ति केन्द्र खोलिने

नयाँ दिल्ली, सूर्तिजन्य पदार्थको उपभोगका कारण हुने स्वास्थ्य समस्या बढदै गएपछि भारत सरकारले देशैभरि सूर्ति मुक्त केन्द्र खोल्ने निर्णय गरेको छ ।

यसप्रकारका सूर्ति मुक्त केन्द्र खोल्न भारत सकारले भारतीय दन्त चिकित्सा परिषदसँग सहकार्य गर्ने भएको छ ।

दन्त चिकित्सा परिषदले देशका सबै सरकारी र निजि डेन्टल कलेजहरुलाई मुक्ति केन्द्र स्थापना गर्न निर्देशन दिएको छ । योसँगै केन्द्र सञ्चालनसँग सम्बन्धित निर्देशिका समेत जारी गरेको छ ।

सरकारको निर्णयसँगै देशभरिका ३ सय १० डेन्टल कलेज र सबै जिल्ला अस्पतालमा सूर्ति मुक्त केन्द्रको स्थापना हुने छ । सूर्ति मुक्त केन्द्रमा परामर्श, उपचार र अनुसन्धान गर्न सकिने निर्देशिकामा उल्लेख छ । यसका साथै बिरामीको सुविधाका लागि यी केन्द्रहरु अस्पतालका सबै विभागहरु केन्द्रसँग सोझै जोडिनेछन् ।

यी केन्द्रहरु पूर्णरुपमा डिजिटलाइज्ड हुनेछन् । यसको सम्पूर्ण विवारण केन्द्रीय स्वास्थ्य मन्त्रालयलाई दिनुपर्नेछ । यी केन्द्रहरुमा कार्बन मोनोक्साइड सेन्सर, चिक रिट्रेक्टर, टङ्ग डिप्रेशरलगायतका सबै प्रविधि समेत उपलब्ध हुने छ ।

भारतमा तम्बाखु अर्थात् सूर्ति सेवन गम्भीर जनस्वास्थ्यको विषय बनेको छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार, वर्ष २०१६–१७ मा भएको एक अनुसन्धानमा देशका २८ प्रतिशत युवाहरुमा सूर्तिको व्यसन रहेको देखिएको थियो । देशमा कार्डियोभास्कुलर बिरामीका कारण हुने मृत्युको ६० प्रतिशत मृत्यु बिडी, सिगरेट तथा गुटखाको सेवनबाट हुने गर्दछ । यसका साथै मुखको क्यान्सर, हाइपरटेन्सन, स्ट्रोक र मधुमेह जस्ता बिमारी पनि सूर्तिकै कारण हुने अनुसन्धानले देखाएको थियो । अवस्था जटिल देखिएपछि सरकारले राष्ट्रिय सूर्ति नियन्त्रण कार्यक्रम अन्तर्गत यो नयाँ पहल शुरु गरेको हो ।

मुक्ति केन्द्र खोलिन मेडिकल कलेज, डेन्टल कलेज र जिल्ला अस्पतालमा बिरामीको पुरै जानकारी रेकर्ड गरिनुका साथै हरेक बिरामीलाई चारपटक अनिवार्य केन्द्रमा उपस्थित भएर उपचार गर्नुपर्ने बताईको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!