कञ्चनपुर घटनामा प्रधानमन्त्रीले मुख खोले

काठमाडौं, भदौ ९ । प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुर घटनाका दोषीलाई कडा कारबाही गरि छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् । साथै घटनाको छानविनमा सरकारले कुनै कसर बाँकी नराख्ने पनि उनले बताए ।

नेकपाका स्थायी समिति सदस्य भिम रावल र लेखराज भट्टको नेतृत्वमा घटनाका बिषयमा प्रधानमन्त्री ओली र नेकपाका अध्यक्ष प्रचण्डलाई ध्यानाकर्षण गराउन गएको टोलीसँग प्रधानमन्त्री ओलीले दोषीलाई कारबाही गर्ने बताएका हुन ।

घटनालाई सरकारले गम्भीर रुपमा लिएर छानविन समिति गठन गरेको बताउदै घटनामा आशंका गरिएका व्यक्तिलाई अनुसन्धानको घेरामा ल्याउन र दोषी भए कडा कानुनी कारबाही गर्न निर्देशन दिएको प्रधानमन्त्रीले बताएका थिए ।

विरोघ प्रदर्शनका क्रममा व्यक्तिगत र सार्वजनिक सम्पति तोडफोड गर्नेलाई कानुन बमोजिम कारबाही गरिने उनले बताए ।

नेकपाका स्थायी समिति सदस्य भिम रावल, लेखराज भट्टसहित कैलाली र कञ्चनपुरका सांसद र नेकपाका केन्द्रीय सदस्य सरकारको ध्यानाकर्षण गराउन शनिबार अपरान्ह बालुवाटार पुगेका थिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!