कञ्चनपुरमा कर्फ्यु जारी, वातावरण शान्त गर्न सुरक्षा समितिको बैठक बस्दै

कञ्चनपुर, भदौ ९ । सदरमुकाम महेन्द्रनगरमा अनिश्चितकालीन कर्फ्यु जारी रहेको छ । १३ वर्षीया बालिका निर्मला पन्तको घटनाको अनुसन्धान गहिरो नभएको भन्दै स्थानीयको प्रदर्शन हिंसात्मक बन्दै गएपछि जिल्ला प्रशासनले शुक्रबार बेलुका ८ बजेदेखि लगाएको कर्फ्य अहिले पनि जारी रहेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक कुवेर कडायतले भीमदत्त नगरपालिकामा जारी गरिएको कफ्र्यु यथावथ रहेको बताए । शुक्रबार साझ महेन्द्रनगरमा भएको प्रर्दशनका क्रममा प्रहरीको गोली लागेर १८ वर्षिय शन्नी खानको मृत्यु भएपछि प्रशासनले कफ्र्यु आदेश जारी गरेको हो ।

प्रहरी उपरिक्षक कडायतका अनुसार अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गर्न अहिले बिहान जिल्ला प्रशासन कार्यालयमा जिल्ला सुरक्षा समितिको बैठक बस्दै छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!