दिपेन्द्र र सागरको उत्कृष्ट प्रदर्शनमा श्रीलंकामाथि नेपालको शानदार जित

काठमाडौं, भदौ ८ ।  एसिया कप छनोट खेलका लागि अभ्यास खेल खेल्न श्रीलंका भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोली फराकिलो जित हात पारेको छ ।  दीपेन्द्र सिह ऐरी र सागर पुनको उत्कृष्ट प्रदर्शनले श्रीलंकाको ब्लुमफिल्ड क्रिकेट क्लबलाई १७६ रनले पराजित गरेकाे हाे ।

नेपाललाई जिताउनका लागि आज दीपेन्द्रसिह ऐरीले शतक र सागर पुनले ९२ रनको महत्वपूर्ण योगदान गरे । याे नेपालकाे अभ्यास खेलमा लगातार दोस्रो जित हाे ।

ब्लुमफिल्ड क्रिकेट क्लब विरुद्धको खेलमा सुरुका चार विकेट छिटो पतन भएपछि सागर र दिपेन्द्रले नेपालको पारीलाई सम्हालेका थिए । यसमा दीपेन्द्रले ९६ बल खेलेर १२१ रन र सागर पुनले ८३ बलमा ९२ रन बनाएका थिए ।

यस्तै, कप्तान पारस खड्काले २३ बलमा २३ रन, अनिलकुमार साहले १७ रन, रोहित कुमारले ३९ बलमा ११ रन र सुबास खकुरेलले ३२ बलमा ९ रन बनाएका छन् ।

त्यस्तै करण केसीले १२ बल खेलेर अविजित २६ रन बनाएका छन् । अनि बलरको नाम पनि फरक भएको छ सर । श्रीलंकाली क्लब ब्लुमफिल्डका तर्फबाट सनोज दर्शिकले ३ विकेट लिए भने लाहिरु सञ्जय फर्नान्डोले २ विकेट लिएका थिए ।

जवाफी ब्याटिङमा उत्रिएको श्रीलंकाको ब्लुमफिल्ड क्लब ३५ ओभरमा अल आउट हुँदै १३४ रन मात्र जोड्न सक्यो । उसका लागि सनोजले ३८ रन बनाउनु बाहेक अरुले खासै राम्रो प्रदर्शन गर्न सकेनन् ।

श्रीलंकाको ब्लुमफिल्ड क्रिकेट क्लब पुरानो क्रिकेट क्लब हो । सन् १८९२ मा स्थापना भएको यस क्लबले श्रीलंकाको फस्ट क्लास लिग प्रिमियर ट्रफी ८ पटक जितिसकेको छ ।

श्रीलंकाका लिजेण्ड सनथ जयसूर्या जस्ता खेलाडीले खेलिसकेको यो क्लबले सन् २०१० को सिजन प्रिमियर ट्रफी जितेको थियो ।

यस क्लब अहिले निपुन करुणानायकेको कप्तानीमा रहेको छ । यस क्लबमा हाल उमेर समूहमा उच्च प्रदर्शन गरेका खेलाडीको बाहुल्यता रहेको छ । युवा खेलाडीको बाहुल्यता रहे पनि यस क्लबका अधिकांस खेलाडीले लिस्ट ए क्रिकेट खेलिसकेका छन्।

यसअघि नेपालले पहिलो अभ्यास खेलमा श्रीलंका आर्मीलाई ६५ रनले हराएको थियो। आगामी भदौ १३ गतेदेखि मलेसियामा हुने छनोट प्रतियोगीताका लागि नेपाली क्रिकेट टोली सोमबार कोलम्बोबाटै क्वालालाम्पुर जानेछ ।

एसियाकप छनोटको पहिलो खेलमा नेपालले आगामी बुधबार ओमानसंग प्रतिस्पर्धा गर्नेछ । छनोट खेलमा शीर्ष दुईमा रहने टोली सन २०१९ मा युएइमा हुने एसिया कपका लागि छनोट हुने छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!