प्रधानमन्त्री इमरान खानले दिए अमेरिकालाई चेतावनी

इस्लामावाद, भदौ ८ । पाकिस्तानले अमेरिकालाई उसको कथित बयान सुधार्न भनेको छ । पाकिस्तानले अमेरिकी विदेशमन्त्रालयद्वारा जारी गरिएको एउटा बयानमा आपत्ति जनाएको हो जसमा विदेशमन्त्री माइक पोम्पियोले पाकिस्तानका नयाँ प्रधानमन्त्रीले देशमा विद्यमान आतंकवादी संजाल विरुद्ध निर्णयात्मक कारवाही गर्न कदम चाल्नुपर्ने कुरा गरेको भनिएको थियो ।

अमेरिकी विदेश विभागका प्रवक्ता हिथर नुअर्टद्वारा जारी गरिएको बयानमा अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले पाकिस्तानका नवनियुक्त प्रधानमन्त्री इमरान खानसँग कुरा गर्दै पाकिस्तानमा आतंकवादीहरू विरुद्ध निर्णयात्मक कारवाही र अफगानिस्तानको शान्ति प्रक्रियामा पाकिस्तानको भूमिकाबारे कुरो उठाएको बताइएको थियो ।

जबकि पाकिस्तानको विदेश मन्त्रालयले पोम्पियोले प्रधानमन्त्री खानलाई पठाएको बढाई सन्देशमा थुप्रै मुद्दाहरूमा कुरा भएको तर उक्त सन्देशमा ‘पाकिस्तानमा जारी आतंकवाद’बारे भने कुनै सूचना नभएको बताइएको छ ।

पाकिस्तानी विदेश मन्त्रालयलका प्रवक्ता मोहम्मद फैजलका अनुसार, ‘प्रधानमन्त्री इमरान खान र अमेरिकी विदेशमन्त्रीबीच आजक भएको कुराकानीलाई लिएर अमेरिकी विदेश मन्त्रालयद्वारा जारी गरिएको तथ्यात्मक रूपले गलत बयानलाई पाकिस्तानले अपवादको रूपमा लिएको बताइएको छ ।’

फैजलले ट्विटरमा, ‘उक्त कुराकानीमा पाकिस्तानमा आतंकवाद संचालनको प्रसंग नै आएको थिएन । यसलाई तुरन्त सच्याइनु पर्छ ।’

पाकिस्तानी मिडियाले जनाए अनुसार पोम्पियो सेप्टेम्बरको पहिलो हप्तासम्म इस्लामाबाद आएर नव(निर्वाचित प्रधानमन्त्रीसँग वार्ता गर्न सक्छन् । कुटनैतिक सूत्रहरूलाई उद्धृत गर्दै पाकिस्तानी पत्रिका ‘डन’ले सम्भवतः पोम्पियो ५ सेप्टेम्बरमा पाकिस्तान आउने जनाएको छ । पोम्पियो प्रधानमन्त्री भएपछि इमरान खानलाई भेट्ने पहिलो विदेशी पाहुना हुनेछन् ।

कमेन्ट गर्नुहोस्