गायक सरोज अधिकारीको ‘भोलि’ गीत युट्युबमा सार्वजनिक (भिडियोसहित)

नायिका केकी अधिकारी, कलाकार निराजन प्रधान अभिनित तथा गायक सरोज अधिकारीले आफ्नै स्वरमा प्रस्तुत गरेको गीत ‘भोलि’ सार्बजनिक भएको छ ।

लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएका युवा गायक अधिकारीले ‘भोलि’ नामको मन छुने गीत बजारमा ल्याएका हुन् ।

२०६६ सालमा प्रभाव नामको एल्बम लिएर आएका गायक सरोज अधिकारीको त्यो समयमा ‘आज धेरै’ भन्ने बोलको गीत सञ्चारमाध्यममा निकै चर्चाको विषय बनिरहेको छ । केही समयअघि उनले ‘भावना’ नामको एल्बम पनि बजारमा ल्याएका थिए ।

आफ्नै शब्द सङ्गीत र स्वरमा सरोजले ‘भोलि’ बजारमा ल्याएका हुन् । गीतको भिडियोमा केकी अधिकारी, निराजन प्रधान र ज्योति काफ्ले लगायतले अभिनय गरेका छन् ।

अमेरिकामा रेकर्ड भएको गीतको भिडियो काठमाण्डौमा तयार गरिएको हो । भिडियो बनाउन पुष्कर दाहालले भूमिका खेलेका हुन् । यस भिडियोका निर्देशक नितिन चन्द रहेका छन ।

सानो उमेरदेखि गीत सङ्गीतमा रुचि राख्ने सरोज परिवारको पनि साथ भएकोले साङ्गीतिक क्षेत्रमा प्रगति भएको बताउँछन् । ‘यो क्षेत्र सानै उमेरदेखि रुचिको क्षेत्र हो, नेपालदेखि अमेरिकासम्म आएर पनि निरन्तरता दिँदै छु ।’ गायक अधिकारीले भने ‘नेपाली गीत सङ्गीतलाई जहाँ पुगेपनि माया गरिरहन्छु, श्रोता र दर्शकको माया पाउने आशा भएकाले गाउने पेशा छाड्दिन । अधिकारीसँग गीतका शब्द लेख्न,सङ्गीत भर्न र गाउन अब्बल क्षमता छ ।

एउटा विदेशिएको प्रेमीको कथामा आधारित यो भिडियोमा, प्रेमी आफ्नो उज्ज्वल भविष्यको लागि घरायसी परिस्थितिले बिदेसिन पुग्छ । प्रेमी विदेशिए लगत्तै उसकी प्रेमिका उ संग बिताएका पुराना दिनहरुको सम्झिदै अनि भोलि फेरि भेट हुने आशासँगै कल्पनामा डुब्न पुग्दछे । तर उसको दुर्भाग्य आफ्नो भबिष्य बनाएर फर्कने क्रममा उसको प्रेमीको हवाई जहाज दुर्घटनामा निधन हुन्छ । प्रेमिका सधैको लागि आशुमा डुब्न पुग्छे । भिडियोको कथा सार यस्तो छ ।

भिडियोका दृश्यहरु नेपालको काठमाडौँको वरपर अनि गायकको आफ्नो भूमिकाको दृश्य भने अमेरिकाको केन्टकी राज्य वरपर छायाँकन गरिएको हो ।

हेर्नुहोस् भिडियो–

कमेन्ट गर्नुहोस्

error: Content is protected !!