नेपाल र ब्लुमफिल्डबीचको खेल शुरु, टस जितेर व्याटिङ गर्दै नेपाल

काठमाडौं, भाद्र ८ । श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले दोस्रो अभ्यास खेलमा अहिले श्रीलंकाको शीर्ष डिभिजन ब्लुमफिल्ड क्रिकेट क्लबसँग प्रतिस्पर्धा गरिरकेको छ ।

कोलम्बोस्थित क्लबको घरेलु मैदानमा टस जितेर नेपालले ब्याटिङ गरिरहेको छ । पहिलो अभ्यासमा टोलीको नेतृत्व ज्ञानेन्द्र मल्ले गरेका थिए जसमा नेपालले ६७ रनको जित हात पारेको थियो । जसमा नियमित कप्तान पारस खेलेका थिएनन् ।

नेपालले आज ज्ञानेन्द्र मल्ल, बिनोद भण्डारी र सोमपाल कामीलाई आराम दिएको छ । श्रीलंका भ्रमणका क्रममा नेपालले थप एक अभ्यास खेल खेल्नेछ ।

एसियाकप तयारीमा रहेको नेपालले श्रीलंकामा अभ्यास खेल खेलिरहेको हो । आगामी भदौ १३ गतेदेखि मलेसियामा हुने छनोट प्रतियोगीताका लागी नेपाली क्रिकेट टोली सोमबार कोलम्बोबाटै क्वालालाम्पुर जानेछ ।

एसियाकम छनोटको पहिलो खेलमा नेपालले आगामी बुधबार ओमानसंग प्रतिस्पर्धा गर्नेछ । छनोट खेलमा शीर्ष दुईमा रहने टोली सन २०१९ मा युएइमा हुने एसिया कपका लागि छनोट हुने छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!