आज प्रतिनिधिसभाको बैठक बस्दै, केछ कार्यसूची ?

काठमाडौं, भदौ ८ । आज (शुक्रबार) प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा विभिन्न विधेयकमाथि छलफल हुने कार्यसूची तय भएको छ । यस्तै, बैठकमा सांसद विन्दा पाण्डेले संकल्प प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको बताइएको छ ।

उक्त प्रस्तावलाई निर्णायर्थ प्रस्तुत गरिने संघिय संसदका महासचिव मनोहरप्रसाद भट्टराइले जानकारी दिए । सांसद पाण्डेले महिलामाथि हुने विभिन्न हिंसा, बलात्कार, छाउपडी, बोक्सी, घरेलु हिंसा, यौनजन्य हिंसा आदिलाई विद्यालय तहका पाठ्यक्रममा नै समावेश गर्न सरकारलाई निर्देशन दिइयोस् भन्ने संकल्पको प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको महासचिव भट्टराइले बताए ।

यस्तै, आजको बैठकमा खाद्य अधिकार सम्बन्धी विद्येकलाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले प्रस्तुत गरेको सूचनालाई निर्णायथ प्रस्तुत गरिने कार्यसूची पनि रहेको छ । त्यस्तै बैठकमा पशुपन्छी विकास मन्त्री चक्रपाणाी खनाल ‘बलदेव’ले खाद्य अधिकार सम्बन्धी विद्येयक प्रस्तुत गर्ने संसदका महासचिव भट्टराइले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्