नेपाल आइडल : पोखरा अडिसनबाट ‘गोल्डेन माइक’ पाउने को-को ? [भिडियो]

काठमाडौं, भदौ ८ । अहिले नेपालकै सबैभन्दा ठूलो रियालीटी सो ‘नेपाल आइडल सिजन- २’ भइरहेको छ । र, चर्चा चौतर्फी यसकै छ । आइडलमा एकभन्दा एक उत्कृष्ट प्रतिभा प्रस्तुत भइरहेका छन् ।

यसैबीच, बिहिबार प्रशारण भएका पोखरा अडिसनबाट उत्कृष्ट प्रस्तुती दिएपछि ‘गोल्डेन माइक’नै जित्न सफल भएका छन् । पोखराका विक्रम बराल र निलिमा थापाले गोल्डेन माइक जित्न सफल भएका हुन् ।

विक्रमले ‘मर्न बरु गाह्रो हुन्न’ र निलिमाले ‘यो मन एक्कै हुँदा त झन रोइदिन्छ झन’ बोलको गीत गाएका थिए । दुवै जनालाई दुईदुई वटा गीत गाएका थिए । उनीहरुको प्रस्तुती देखेर निर्णायकहरु खुब उत्साहित थिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!