अक्षय बढी कमाई गर्ने सातौं अभिनेता, सलमान नवौं, शाहरुख टप टेनमा परेनन् !

एजेन्सी, भदौ ८ । संसारका सबैभन्दा बढी कमाई गर्ने अभिनेताको सूचीमा बलिउड अभिनेता अक्षय कुमारले अर्का स्टार सलमान खानलाई पछाडी पारेका छन् । फोर्सको उच्च कमाई गर्ने कलाकारको सुचीमा अक्षय सातौं नम्बरमा छन् ।

उनले २८३.५ करोड भारु रुपैयाँ कमाई गरेका छन् । यस्तै, सलमानले २६९.५ करोड भारु कमाउँदै सुचीको नवौं स्थानमा छन् ।

अक्षय अघिल्लो वर्ष सलमानभन्दा एक स्थान पछाडी थिए । अक्षयले अघिल्लो वर्ष २२७ करोड भारु कमाउँदै १० औं स्थानमा थिए । यस्तै, अघिल्लो वर्ष आठौं नम्बरमा रहेका शाहरुख खान यो वर्ष भने टप टेन भित्र पर्न सकेका छैनन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!