कञ्चनपुरमा गोली चलाएको भन्दै कांग्रेसद्वारा सरकारी दमनको निन्दा

काठमाडौँ, भदौ ८ । १३ वर्षीया बालिका निर्मला पन्तका वास्तविक अपराधीलाई बाहिर ल्याउन माग गर्दै आन्दोलनमा उत्रेका आन्दोलनकारीमाथि प्रहरीले गोली चलाएर दमन गरेको भन्दै नेपाली कांग्रेसले निन्दा गरेको छ । कांग्रृेसले प्रेस विज्ञप्ति जारी गर्दै सरकारी दमनको निन्दा र भत्र्सना गरेको हो ।

‘जनप्रदर्शन पछिल्तिरका भावनाहरुलाई सरकारले संयमित पूर्वक आत्मसात गर्नु पर्नेमा उल्टै बल प्रयोग गर्ने, गोली चलाउने, दर्जन भन्दा बढीलाई घाइते बनाउने र कफ्र्युकै अवस्था सृजना गर्ने कर्मको हामी घोर निन्दा एवं भत्र्सना गर्दछौँ।’ मुख्य सचिव, कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

कांग्रेसले अवोध बालिकाको बलात्कार पश्चातको हत्या जस्तो जघन्य अपराधको गहिरो र गम्भीर छानविन गरेर अपराधीलाई कडा सजाय दिनु पर्ने सरकारको दायित्व रहेको स्मरण गराउदै अनुसन्धानमा ढिलाई नगर्न सरकारलाई आग्रह गरेको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!