अब छोरी जन्मिए बैँक खाता !

सुर्खेत, भदौ ८ । जिल्लाको विरेन्द्रनगर ६, बुद्धपथकी सुशीला थापाले असोज पहिलो साता छोरी प्रतिज्ञालाई जन्म दिइन । परिवारले जन्म दर्ता गरिदिएको सातामै नगरपालिकाले प्रतिज्ञाको नाममा बैँक खाता खोलिदियो ।

परिवारले अन्नप्राशनमा जम्माा भएको ७ हजार रुपैयाँ पनि खातामै जम्मागरिदिए । नगरपालिकाले खाता खोलिदिएपछि छोराका लागि बचत गर्ने प्रेरणा मिल्यो, आमा सुशीलाले भनिन्, छोरी विद्यालय जाँदासम्म ५० हजार रकम जम्मा गरिदिने लक्ष्य छ । कान्तिपुरमा खबर छ ।

प्रतिज्ञाको मात्र होइन, वीरेन्द्रनगरभित्र जन्मिएका एक सय ५६ बालिकाको नाममा गत आर्थिक बर्षमा खाता खोलिएको नगरपालिकाले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!