विप्लवका प्रवक्ता प्रकाण्ड तेस्रो पटक पक्राउ, भोजपुर लगिदै

काठमाडौं, भदौ ७ । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) सर्वोच्च अदालतको आदेशले बिहीबार रिहा भएलगत्तै पुनः पक्राउ परेका छन् । प्रकाण्ड बिहीबार तेस्रो पटक पक्राउ परेका छन् । प्रहरीले उनलाई सर्वोच्च अदालत परिसरबाट पक्राउ गरेको हो ।

यसअघि गएको शुक्रबार पनि सर्वोच्चको आदेशमा रिहा भएका प्रकाण्डलाई सर्वोच्च परिसरबधाटै दोस्रो पटक पक्राउ गरिएको थियो । बिहीबार बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाई गर्दै न्यायाधीश केदारप्रसाद चालिसे र पुरुषोतम भण्डारीको संयुक्त इजलासले सर्वोच्चको रजिष्ट्रारको रोहबरमा प्रकाण्डलाई छाड्न आदेश दिएको थियो ।

सर्वोच्चको आदेशले छुट्नासाथ प्रकाण्डलाई पुनः तेस्रोपटक पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता डिएसपी मोहन थापाले जानकारी दिए । पहिलो पटक प्रकाण्ड राजधानीबाट पक्राउ परेका थिए ।

‘पक्राउ गरेर प्रकाण्डलाई जिल्ला प्रहरी कार्यालय, भोजपुर पठाएका छौं,’ डिएसपी थापाले भने, ‘भोजपुरमा उहाँको नाममा ज्यान मार्ने उद्योग र बम बिस्फोट गराएको मुद्दा दर्ता भएको छ ।’

कमेन्ट गर्नुहोस्