प्रधानन्यायाधिशमा मिश्र सिफारिस

काठमाडौं, भदौ ७ । संवैधानिक परिषदले प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रलाई सिफारिस गरेको छ ।

बिहीबार बेलुका प्रधानमन्त्रीको अध्यक्षतामा बसेको परिषद्को बैठकले सर्वोच्चका वरिष्ठतम न्यायाधीश मिश्रलाई प्रधानन्यायाधीश बनाउन संसदी सुनुवाइका लागि सिफारिस गरेको हो ।

यसअघि प्रधानन्यायाधिशमा सिफासि बरिष्ठतम न्यायाधिश दीपकराज जोशीलाई संसदीय सुनुवाइ समितिले अस्वीकृत गरेपछि बरिष्ठतामा दोस्रोमा रहेका मिश्रलाई प्रधानन्यायाधीशका लागि सिफारिस गरिएको हो ।

बैठकमा पूर्वप्रधानमन्त्री एव विपक्ष दलका नेता शेरबहादुर देउवा, सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना, उपसभामुख डा शिवमाया तुम्बाहाम्फे र कानुनमन्त्री भानुभक्त ढकाल सहभागी थिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!