कञ्चनपुर घटनामा संसदीय समिति गठन गर्न माग

काठमाडौं, भदौ ७ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतसहितका नेताहरुले प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरालाई भेटर कञ्चनपुर घटनाबारे ध्यानाकर्षण गराएका छन् । साथै उनीहरुले घटनाबारे न्यायिक छानविन गर्न संसदीय समिति गठन गर्न सभामुख महरासँग माग गरेको नेता सरलले जानकार दिए ।

भेटमा सभामुख महराले घटनालाई आफूले नियालिरहेको र समस्या समाधनका लागि संसदबाट गर्नुपनैृ सबै प्रकार सहयोग पहल गर्ने बताएका छन् ।

बिहीबार नेकपाका प्रमुख सचेतक देवप्रसाद गुरुङ, नेकपाका स्थानीय समिति सदस्य तथा सांसद लेखराज भट्ट, निरुदेवि पाल, डा दिपकप्रकाश भट्ट, नरबहादुर धामी, निरुदेवी बुढाथोकी, नेता राजेन्द्र रावल र नेता ओमविक्रम भाट (सरल) लगायतले सभामुखलाई भेटि गएको साउन १० गते बलात्कार पछि हत्या गरिएकी भीमदत्त नगरपालिका २ कि १३ वर्षीया किशोरी निर्मला पन्त हत्याप्रकरण र त्यसबाट सृजित अवस्थाका बारेमा जनाकारी गराएका थिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!