नेकपाका नेताद्वारा गृहमन्त्रीको ध्यानाकर्षण, सहसचिवको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति गठन

काठमाडौं, भदौ ७ । कञ्चनपुरमा १३ वर्षीय किशोरी निर्मला पन्तको बलात्कार र हत्या घटनाका सम्बन्धनमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरुले गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन् । साथै उनीहरु घटनाले राजनीतिक रुप लिन लागेको भन्दै तत्काल समस्या समाधानका लागि पहल गर्न गृहमन्त्री रामबहादुर थापासँग आग्रह गरेका छन् ।

बिहीबार पूर्वमन्त्री एवं कैलाली क्षेत्र नं ४ का प्रतिनिधिसभा सदस्य लेखराज भट्टको नेतृत्वमा प्रदेश नं ७ बाट प्रतिनिधित्व गर्ने सांसद र नेकपाका नेताहरुले गृहमन्त्री थापालाई ६ बुँदे ज्ञापनपत्र बुझाउदै निर्मला हत्या प्रकरणलाई छानविनका लागि उच्च्स्तरीय न्यायिक छछानविन समिति बनाउन माग गरेका छन् ।

साथै उनीहरुले प्रमुख जिल्ला अधिकारी (सिडिओ) र कञ्चनपुर प्रहरी प्रमुख एसपीलाई तत्काल त्यहाँबाट सरुवा गर्न पनि गृहमन्त्रीसँग आग्रह गरेका छन् ।

जवाफमा गृहमन्त्री थापाले आजै सहसचिवको नेतृत्वमा उच्चस्तरीय छानविन समिति गठन गर्ने, सिडियो र एसपीको सरुवा गर्ने वचन आफूहरलाई दिएको नेकपाका नेता ओमविक्रम भाट (सरल) ले एभरेष्टदैनिकलाई बताए ।

नेकपाका नेता लेखराज भट्टले घटनाले राजनीतिक रुप लिए अवस्था नियन्त्रण बाहिर जाने भन्दै तत्काल उच्चस्तरीय छानविन समिति गठन गरी निर्मला हत्याकाण्डबारे सत्यतथ्य बाहिर ल्याई दोषी उपर कडा कारबाही र पीडित परिवारलाई उचित क्षतिपूर्ती दिने गृहमन्त्रीसँग आग्रह गरेका छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!