कञ्चनपुरमा अनिश्चितकालका लागी कर्फ्यू आदेश जारी

कञ्चनपुर, भदौ ७। भीमदत्त नगरकी १३ वर्षीय किशोरी निर्मला पन्तको बलात्कार र हत्या घटनामा प्रहरी अनुसन्धानलाई लिएर स्थानीयले व्यापक असन्तुष्टि प्रकट गरेका छन् ।

अभियुक्तलाई बचाउन प्रहरीले दिलिपसिंह विष्टलाई पक्राउ गरी सार्वजनिक गरेको विरुद्धमा स्थानीयले गरेको प्रदर्शन अनियन्त्रित भएर स्थितिलाई काबुमा ल्याउन बिहीबार प्रहरीले गोली चलाएको थियो ।

प्रहरीको गोली लागी चार जना घाइते भएपछि परिस्थिति नविग्रियोस् भनी स्थानीय प्रशासनले अर्को आदेश नभएसम्मका लागी भन्दै निषेधज्ञा (कर्फ्यू आदेश ) जारी गरेको छ ।

आन्दोलनले उग्र रुप लिएपछि बिहीबार दिउँसोबाट अनिश्चित कालका लागि स्थानीय प्रशासानले कर्फ्यू आदेश जारी गरिएको हो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!