अविवाहित अभिनेत्री राखी सावंतले भनिन्- मलाई यो फ्लेबरको कण्डोम मनपर्छ

बलिउडकी अभिनेत्री राखी सावंत एकपटक फेरि चर्चामा आएकी छन् । सामाजिक सञ्जालमा पोष्ट गरेको एउटा भिडियोका कारण उनी यति बेला भाइरल भएकी हुन् । उक्त भिडियोमा उनले आफूलाई मन पर्ने कण्डोमको फ्लेवरका बारेमा बताएकी छन् ।

राखीले भिडियो सामाजिक सञ्जालमा पोष्ट गरेको छोटो समयमा भाइरल भयो र उनका फ्यानहरुले यसमा हजारौं लाइक र कमेन्ट गरेका छन् । राखी सावंतले भर्खरै कण्डोमको एउटा विज्ञापन गरेकी छन् । जसको नाम हो बीब्याई । यसको प्रमोशनका लागि राखीले भिडियो बनाएर सामाजिक सञ्जालमा शेयर गरेको थिइन ।

यसमा राखीले आफूलाई ‘औध’, ‘पान’ र ‘चकलेट’ फ्लेवरका कण्डोम मन पर्ने बताएकी छन् । यो सामाजिक सञ्जालमा चर्चाको शिखरमा छ । राखीले पछिल्ला दिन सामाजिक सञ्जालमा आफ्नो डान्स एकेडमीको प्रमोशनका लागि भिडियो बनाएर सामाजिक सञ्जालमा शेयर गरेकी थिइन जुन निकै रुचाइएको थियो ।

राखी छिट्टै बलात्कारी बाबा रामरहीम र हनीप्रीतमाथि बनेको फिल्ममा देखिने भएकी छन् । यो फिल्ममा हनीप्रीत को भूमिकामा राखी देखिने भएकी हुन । यति बेला उक्त फिल्मको शुटिङ अन्तिम चरणमा छ ।

कमेन्ट गर्नुहोस्