कञ्चनपुरमा गोली चल्यो: गोली लागी ४ जना घाइते, स्थिति तनावग्रस्त

कञ्चनपुर, भदौ ७ । कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्याप्रकरणमा प्रमुख अभियुक्तलार्इ प्रहरीले बचाउन मानसिक सन्तुलन गुमाएका व्यक्तिलार्इ दाेषी करार गर्न खाेजेकाे भन्दै स्थानीयवासीले गरेको विरुद्ध प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीn] चलाएको गोली लागि चार जना घाइते भएका छन् ।

प्रहरीले घटना भएको २६ दिनपछि प्रमुख अभियुक्तका रुपमा प्रहरीले साेमबार मानसिक सन्तुलन गुमाएका दिलिपसिंह विष्टलाई सार्वजनिक गरेपछि निर्मला हत्या प्रकरणले उग्र रुप लिएको हो । मंगलबारदेखि तनाव ग्रस्त बनेको भीमदत्तनगरमा बिहीबार अपरान्ह प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन गोली चलाएको बताएको छ ।

प्रहरीको गोली लागेर कञ्चनपुरको सुडाका तिर्थराज पनेरु, भिमदत्तनगरपालिकाका अर्जुन भण्डारी, कैलालीका सन्तोष कठरीया र कञ्चनपुरको भासिका तेज भटट् भएको एक प्रत्यक्षदर्शीले बताए । घाइतेमध्ये तेज भट्टको अवस्था गम्भीर रहेको बताइएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!