कञ्चनपुर बिहानैदेखि तनावग्रस्त: यातायात र बजार पूर्णरुपमा बन्द, प्रदर्शनकारीद्वारा बमको घरमा ढुंगामुढा

कञ्चनपुर, भदौ ७ । गएको साउन १० गते बलात्कारपछि हत्या गरिएकी भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया किशोरी निर्मला पन्त हत्या प्रकरणविरुद्धको प्रदर्शन थप चर्किएको छ । प्रहरीले स्थानीय विष्टलाई अभियुक्त बनाएर सार्वजनिक गरेपछि निर्मला स्थानीयले आन्दोलनलाई चर्काएका हुन्

उनीहरुले प्रहरीले अभियुक्तलाई बचाउन मानसिक सन्तुलन गुमाएका व्यक्तिलाई दोषी करार गर्न खोजेको स्थानीइको आरोप छ । मंगलबारदेखि तनवग्रस्त रहेको भीमदत्त नगर बिहीबार पनि तनावग्रस्त छ । पूर्वपश्चिम राजमागको सो क्षेत्रका ठाउँ–ठाउँमा टायर बालेर स्थानीयले प्रदर्शन गरेका छन् ।

स्थानीयको प्रदर्शनका कारण महेन्द्रनगरको यातायात प्रभावित भएको छ भने बजार पूर्णरुपले बन्द भएको छ । यातायात र बजार बन्दका कारण यात्रु र उपभोक्ता मारमा परेका छन् । बिहीबार बिहानैदेखि राजमार्ग र बजार क्षेत्रमा स्थानीय, व्यवसायी, महिला, युवा विद्यार्थीले वास्तविक अभियुक्त सार्वजनिक नगरेको भन्दै महेन्द्रनगरमा आन्दोलन चर्काएका छन् ।

१० वर्ष अघि आफ्नै भिनाजुको हत्या गररे मानसिक सन्तुलन गुमाएका भीमदत्त नगरपालिका–१९ वागफाँटाका ४१ वर्षीय दिलिप सिंह विष्ट अभियुक्त नभएको भन्दै मंगलबारदेखि स्थानीय आन्दोलनमा उत्रिएका थिए । बुधबार मृतक निर्मलाकी साथी रोशनी बमको घरमा आन्दोलनकारीले ढुङगामुढा गरेका थिए । ढुङ्गामुढा प्रहारबाट घरका झ्यालका सिसा फुटेका छन् ।

बम दिदीबहिनीले घटना लुकाउन खोजेको भन्दै उनीहरुले बम घरको मुल गेटमा टायर बालेर आन्दोलन गरेका थिए । ठूलो संख्यामा बम निवास पुगेका प्रर्दशनकारीलाई नियन्त्रणमा लिन प्रहरीलाई हम्म्ेहम्मे परेको थियो ।

स्थानीयले निर्मलाकी साथी भनिएकी रोशनी बम र सो परिवारमाथि अनुसन्धन थाल्न समेत माग गरेका छन् । भने कञ्चनपुर प्रहरीले रोशनी बम र बविता बमका विषयमा अनुसन्धान भइरहेको जनाएको छ । घटना घटेदेखि दुवै बमदिदि बहिनी प्रहरीकै निगरानीमा रहेको जनाउँदै कञ्चनपुर प्रहरीले सर्वदलिय सर्वपक्षिय सहमति अनुसार उनीहरुका विषयमा सुक्ष्म अनुसन्धान भइरहेको जनाएको छ ।

यसैबीच निर्मला पन्त बलात्कार र हत्याविरुद्ध स्थानीयले आन्दोलन चर्काउँदै प्रमुख जिल्ला अधिकारी र कञ्चनपुर प्रहरी प्रमुखको सरुवाको माग गरेपछि गृहमन्त्रालयले कञ्चनपुरका प्रहरी प्रमुख दिल्लीराज विष्टको स्थानमा एसएसपी बिक्रम चन्दलाई पठाएको छ । चन्दले बिहीबारदेखिनै जिम्मेवारी सम्हाल्ने बताइएको छ ।

स्थानीय प्रशासनले जिल्लामा परिस्थितिको ख्याल गर्दै उच्च व्यवस्था चुस्त बनाएको छ भने ठूलो संख्यामा प्रहरी परिचालन गरेको छ । तस्वीर इकान्तिपुरबाट

कमेन्ट गर्नुहोस्

error: Content is protected !!