कुन जिल्लामा कसको नेतृत्व ? [नामसहित]

काठमाडाै‌, भदाै ७ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का ६५ जिल्लाको नेतृत्व बाँडफाँड भएको छ । प्रदेश र जिल्ला एकीकरणका लागि गठित कार्यदलहरूले बुधबारसम्म ती जिल्लामा नेतृत्व बाँडफाँड गरेका हुन् । नयाँ पत्रिकामा यो खबर छ ।

प्रदेश १
पूर्वएमालेः ताप्लेजुङ, पाँचथर, इलाम, झापा, धनकुटा, मोरङ, तेह्रथुम, सुनसरी, भोजपुर ।
पूर्वमाओवादीः संखुवासभा र खोटाङ ।

टुंगिन बाँकीः ओखलढुंगा, सोलुखुम्बु र उदयपुर ।

प्रदेश २

पूर्वएमालेः धनुषा, सर्लाही, सप्तरी र पर्सा ।

पूर्वमाओवादीः महोत्तरी, रौतहट र सिरहा ।
टुंगिन बाँकीः बारा ।

प्रदेश ३
पूर्वएमालेः मकवानपुर, धादिङ, रसुवा, सिन्धुपाल्चोक, दोलखा, भक्तपुर, ललितपुर, काठमाडौं, उद्योगी व्यवसायी विशेष जिल्ला कमिटी र पेसागत जिल्ला कमिटी ।

पूर्वमाओवादीः चितवन, नुवाकोट, काभ्रे, रामेछाप, सिन्धुली, युवा विद्यार्थी विशेष र मजदुर विशेष जिल्ला कमिटी ।

प्रदेश ४
गोरखामा प्रेम गुरुङ, कास्कीमा दामोदर बैरागी, लमजुङमा कृष्णराज अधिकारी, म्याग्दीमा हरिकृष्ण श्रेष्ठ, बाग्लुङमा कृष्ण पाठक, मुस्ताङमा रमेश भट्टचन र मनाङमा त्रिपल गुरुङको एकल नाम पूर्वएमालेले अध्यक्षका लागि सिफारिस गरेको छ । त्यस्तै, तनहुँमा भगवती न्यौपाने, विष्णुभक्त सिग्देल, रामचन्द्र तिम्सेना, पर्वतमा भक्त कुँवर, मेघनाथ सुवेदी, नवलपुरमा दीपक अधिकारी, जीवन श्रेष्ठ, स्याङ्जामा रामचन्द्र भट्टराई, कृष्ण खाण र उदय श्रेष्ठको नाम अध्यक्षका लागि सिफारिस भएको छ । पूर्वमाओवादीले पनि छुट्टै नाम सिफारिस गरेको छ ।

नोटः जिल्लाहरूमा नेतृत्वको बाँडफाँड भएको छैन । पूर्वएमाले र पूर्वमाओवादीले अध्यक्ष र सचिवको नाम छुट्टाछुट्टै सिफारिस गरेका छन् ।

प्रदेश ५
पूर्वएमालेः दाङ, प्युठान, कपिलवस्तु, अर्घाखाँची, रूपन्देही, गुल्मी र पाल्पा ।
पूर्वमाओवादीः बर्दिया, बाँके, रोल्पा, नवलपरासी र रुकुम ।

कर्णाली प्रदेश
पूर्वएमालेः दैलेख, सुर्खेत, जुम्ला र डोल्पा ।
पूर्वमाओवादीः जाजरकोट, सल्यान, रुकुम र हुम्ला ।
टुंगिन बाँकीः कालिकोट र मुगु ।

प्रदेश ७
पूर्वएमालेः कैलाली, बैतडी, अछाम, बाजुरा र डोटी ।
पूर्वमाओवादीः कञ्चनपुर, दार्चुला, डडेलधुरा र बझाङ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!