नेपालद्वारा श्रीलंका ६७ रनले पराजित

काठमाडौं, भदौ ६ । श्रीलंका भ्रमणमा रहेको नेपाली टोली पहिलो अभ्यास खेलमा ६७ रनले विजयी भएको छ । नेपालले श्रीलंकाको प्रिमियर लीग क्लब आर्मी क्रिकेट टिमलाई ६७ रनले पराजित गरेको हो ।

पहिला व्याटिङ गरेको नेपालले ४८.४ ओभरमा अलआउट हुँदै १९५ रनको विजयी लक्ष्य दिएको थियो । १९५ रनको विजयी लक्ष्य पछ्याएको आर्मी क्लबले नेपाली बलर सामू खेलेर खेल्न सकेनन् । अार्मी क्लब २६.१ ओभरमा अलआउट हुँदै १२७ रनमा समेटियो ।

नेपाललागि सोमपाल कामी र बसन्त रेग्मीले ३/३ विकेट लिए । भने, दिपेन्द्र ऐरीले २ विकेट लिदा ललित राजबंशी र ललित भण्डारीले समान १/१ विकेट लिए ।

नेपालका लागि आरिफ शेखले शानदार प्रदर्शन गर्दै ८९ रन बनाए । उनले ११८ बलमा ८९ रन बनाएका हुन । कमजोर प्रदर्शन गरेको नेपालले १०० रन बनाउदा महत्वपूर्ण ७ विकेट गुमाएको थियो । शेखले नेपाली इनिङस्लाई उकास्न महत्वपूर्ण भूमिका निभाए ।

नेपालका लागि सुभाष खकुरेल १०, अनिल शाह शून्य, ज्ञानेन्द्र मल्ल २१ दिपेन्द्र सिंह ऐरी शून्य, रोहित पौडेल १२, सोमपाल कामी शून्य र विनोद भण्डारी १६ र बसन्त रेग्मी समान १६/१६ रनमा आउट भए । ललित भण्डारी १/१ रनमा आउट हुँदा ललितनाराण्य राजबंशी भने १ रनमा नट आउट रहे ।

नियमित कप्तान पारस खड्का नखलेको खेलमा उपकप्तान ज्ञानेन्द्र मल्लले नेपाली कप्तानी सम्हालेका थिए । एसिया कप छनौट क्रिकेट प्रतियोगिताको तयारीका लागि नेपाली टिम श्रीलंका भ्रमणमा रहेको छ ।

अब उसले शुक्रबार श्रीलंकाकै ब्लुमफिल्ड र आइतबार कोल्ट क्रिकेट क्लबसँग दोस्रो र तस्रो अभ्यास खेल खेल्नेछ ।

एसिया कप छनोट प्रतियोगितामा नेपालले आयोजक मलेसिया, हङकङ, ओमान, सिंगापुर र युएईको सामना गर्नेछ । ६ टिम सहभागी टिममा शीर्ष स्थान हासिल गर्ने टिमले यसै वर्ष युएईमा हुने एसिया कपमा सहभागिता जनाउने छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!