पौडीमा पनि नेपालकाे कमजोर प्रदर्शन, गौरिका पराजित

 काठमाडौं, भदौ ६ । इण्डोनेशियाको जकार्तामा जारी १८ औं एशियाडअन्तर्गत बुधबार (आज) भएको २०० मिटर फ्रिस्टाइल पौडीतर्फ गौरिका सिंह हिट चरणबाट बाहिरिएकी छन् ।

हिट १ मा उनी सातौँ स्थानमा रहिन् । उनी हिट एकमा पहिलो भएकी जापानकी इगारासी चिहिरोभन्दा १२.३२ सेकेण्डले पछि परिन् । यसअघि गौरिका १०० मिटर फ्रिस्टाइलको पनि हिट चरणबाटै बाहिरिएकी हुन् ।

अब उनले शुुक्रबार महिला ५० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्ने छिन् । आजै भएको १०० मिटर ब्रेस्टस्ट्रोकमा प्रतिस्पर्धा गरेका शुभम् श्रेष्ठ पनि हिट चरणबाटै बाहिरिए । उनी आफ्नो हिटमा आठ खेलाडीमध्ये तेस्रो भएका थिए । एक मिनेट ११.३७ सेकेण्डमा निर्धारित दूरी पार गरेका उनी समग्रमा २७ औँ स्थानमा रहे । यो स्पर्धामा ३२ खेलाडीले भाग लिएका थिए ।

अब पौडीमा शिरिष गुरुङले १०० मिटर फ्रिस्टायलमा बिहीबार प्रतिस्पर्धा गर्नेछन् । यस्तै टिशा शाक्यले ५० मिटर ब्रेस्टस्ट्रोकमा प्रतिस्पर्धा गर्ने राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!