११ वर्षअघि सिंहदरबारकै गेटमा अर्धनग्न भएका थिए महिला, प्रदेश सांसद छिन् आन्दोलनकी नेतृ

काठमाडौं, भदौ ६ । देशमा बढ्दै गइरहेका बलात्कारका घटनामा कडा कदम चाल्न माग गर्दै माइतीघरमा केही महिलाहरुले अर्धनग्न भएर प्रदर्शन गरेपछि त्यसले ठूलो चर्चा पाएको छ ।
एकथरिले आन्दोलनमा नग्नता भएको भन्दै बिरोध व्यक्त गरेका छन् भने कतिपयले यसको समर्थन गरेका छन् । सुन्दरी प्रतियोगितामा वान पिस बस्त्र लगाउँदा अश्लीलता र नग्नता नहुने तर आन्दोलन गर्दा भने त्यसलाई नैतिकतासँग जोडिएको भन्दै प्रदर्शनको समर्थन गर्नेहरु पनि छन् ।

यद्यपी उनीहरु पुरुष भएको कारण नेपाली समाजमा पुरुषलाई माथिको बस्त्र खोलेको अवस्थामा त्यो आपत्तीजनक नमानिने भएकोले खासै चर्चा भएन ।

सरकारविरुद्ध अधिकारका लागि आन्दोलन गर्दा नग्नताको यो पहिलो दृश्य भने होइन । यसअघि विद्यार्थी र युवा संगठनहरुले कैयनपटक अर्धनग्न जुलुस प्रदर्शन गर्दै आएका छन् । यद्यपी उनीहरु पुरुष भएको कारण नेपाली समाजमा पुरुषलाई माथिको बस्त्र खोलेको अवस्थामा त्यो आपत्तीजनक नमानिने भएकोले खासै चर्चा भएन । तर महिलाहरुको हकमा भने यो विषयले निकै विमर्श शुरु गरेको छ ।

नेपालमा महिलाहरु अर्धनग्न भएर आन्दोलनमा उत्रिएको यो नै पहिलो भने होइन । यसअघि सिंहदरबारकै फलामे गेटमा एकथरि महिलाहरुले अर्धनग्न जुलुस गरेका थिए ।
संयोग भनौं, त्यसरी ब्रा र पेटिकोट मात्रै लगाएर आन्दोलन गर्ने महिला नेतृ अहिले प्रदेश सभाको सांसद छिन् । उनीलाई तत्कालिन नेपाली कांग्रेसले समानुपातिक प्रतिनिधित्वका आधारमा प्रदेश नम्बर ७ को प्रदेश सभाका लागि सिफारिस गरेको थियो ।

के थियो घटना ?
उमा वादी नेपालमा ‘बदनाम’ गरिएका वादी समुदायकी महिला हुन । वादी समुदायलाई पुस्तैनी यौन व्यवसायमा धकेलिएको भन्दै अधिकारका लागि आन्दोलनरत उमा वादीको नेतृत्वमा २०६४ सालमा ठूलै आन्दोलन भयो । उनले २३ जिल्लाका ५ सय बढी वादी अगुवालाई भेला गरेर २६ बुँदे माग अघि सारिन ।

सामान्य आन्दोलनले नभएपछि उनीहरु राजधानी आए । त्यतिखेर सिंहदरबार वरिपरि निषेधित क्षेत्र थिएन । आन्दोलनकारी सिंहदरबार पस्न खोजे । तर प्रहरीसँग जम्काभेट भएपछि गेटमैं आन्दोलन चर्कियो ।

२०६४ भदौ ५ । माइतघरबाट सिंहदरबारतर्फ उमावादीको नेतृत्वमा जुलुस अघि बढ्यो । सिंहदरबारको दक्षिणी गेट अगाडि पुग्दा प्रहरीले गेट बन्द गरे । अनि सुरु भयो गेटमैं आन्दोलन ।

उमा वादीले आफ्नो सारी फालिन, ब्लाउज च्यातिन र ब्रा र पेटिकोट लगाएर उक्लिइन फलामे गेटमा । प्रहरी हेरेका हे¥यै भए । ब्रा र पेटिकोट लगाएर नारा लगाएको उनको तस्वीर अन्तर्राष्ट्रियस्तरमा चर्चाको विषय बन्यो ।

 एकताका त्यही ब्रा र पेटिकोटको तस्वीरले देशैभरि चिनिएकी उमा वादी अहिले पनि वादी समुदायको अधिकारका लागि लडिरहेको बताउँछिन् ।

उमा वादी त्यसपछि पनि वादी आन्दोलनमैं सक्रिय रहिन । उक्त आन्दोलनको परिणामस्वरुप सरकारले वादी समुदायका कैयन माग सम्बोधन गर्न बाध्य बन्यो । एकताका त्यही ब्रा र पेटिकोटको तस्वीरले देशैभरि चिनिएकी उमा वादी अहिले पनि वादी समुदायको अधिकारका लागि लडिरहेको बताउँछिन् ।

वादी समुदायले आमाको नाममा जन्मदर्ता र नागरिकता, स्थायी बसोबास, यौन पेशाको अन्त्य, निःशुल्क शिक्षा, एचआइभी/एड्स परीक्षण, छुवाछुतको अन्त्यलगायत माग अघि सारेको थियो । त्योमध्ये आमाको नाममा जन्मदर्ता र नागरिकताले व्यापक चर्चा पायो । उमादेवीको आफ्नो कोखबाट सन्तान छैन । तर पनि उनले आफ्ना सन्तानले जन्मदर्ता र नागरिकता नहुँदा भोगेको समग्र वादी महिलाको पीडा महसुस गरिन् र अधिकार प्राप्तीका लागि आन्दोलनको मोर्चा सम्हालिन्।

राज्यले आमाको नामबाट सन्तानले जन्मदर्ता र नागरिकता पाउने कुरा संवैधानिक ग्यारेन्टी ग¥यो । उनले थालेको यो आन्दोलनले केवल वादी महिला मात्रै हैन सबै महिलाले अधिकार प्राप्त गरे।

उमादेवीले थालेको आन्दोलनले सफलता प्राप्त गर्याे । राज्यले आमाको नामबाट सन्तानले जन्मदर्ता र नागरिकता पाउने कुरा संवैधानिक ग्यारेन्टी ग¥यो । उनले थालेको यो आन्दोलनले केवल वादी महिला मात्रै हैन सबै महिलाले अधिकार प्राप्त गरे।

अर्धनग्नता र नैतिकता

अर्धनग्नता आखिर के हो ? भन्ने विषयमा व्यक्ति पिच्छै फरक मत पाइन्छ । कतिपय अवस्थामा समाजलाई अपाच्य हुने कुरा गरिएमा त्यसले दबाब सिर्जना गर्छ भनेर पनि आन्दोलनका कैयन रुपहरुमा प्रयोग गर्ने गरिन्छ । विदेशतिर महिलावादीहरुले पुरुष मान्यताहरुविरुद्ध ब्रा समेत नलगाई आन्दोलन गर्ने कुरा सामान्य नै बनेको छ ।

मुख्य कुरा आन्दोलन नै हुन नदिने वातावरण सिर्जना गर्नेतर्फ सरकारले ध्यान दिनु पर्दछ । बलात्कारका घटना निश्चय पनि बढेका छन् । महिलामाथि हिंसा बढेको छ । यसका कारणहरु खोजी गरेर राज्यसंयन्त्रबाट वडास्तरदेखि नै महिला हिंसाविरुद्ध अभियान सञ्चालन गर्नेतर्फ राज्य अग्रसर हुनुपर्दछ । त्यसपछि यसप्रकारका आन्दोलन गर्ने आवश्यकता नै रहँदैन ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!