यस्तो छ आजको सेयर बजार बुधबार सेयर बजार

१।४७ अंकको गिरावटसँगै ११८२।४२ अंकमा कायम भएको छ । जलविद्यत्, फाइनान्स र उत्पादनमूलक समूह क्रमशः ९।६१, १।१९ र २।२ अंकले बढे पनि बैंकिङ, होटल, विकास बैंक, निर्जिवन बीमा, अन्य, लघुवित्त र जीवन बीमा समूह क्रमशः ०।७४, ०।९९, ०।४६, ७।७९, २।१३, ०।३८ र ५६।६ अंकले घटेका छन् ।

दिनभरिमा १५३ वटा कम्पनीको छ लाख ६३ हजार तीन सय ९० कित्ता सेयर दुई हजार पाँच सय ४६ पटक खरिदविक्री हुँदा १६ करोड ९२ लाख ९७ हजार छ सय १५ रुपैयाँको कारोबार भएको छ । स्वाबलम्बन लघुवित्त र सिभिल बैंकको एक करोडमाथिको कारोबार भएको छ । यसबाहेक, धेरै कारोबार भएका १० कम्पनीको सूचिमा क्रमशः नेपाल इन्भेष्टमेन्ट बैंक, बैंक अफ काठमाण्डू, नेपाल लाइफ इन्स्योरेन्स, एनएमबि बैंक, सानिमा बैंक, नविल बैंक प्रोमोटर, प्रभु इन्स्योरेन्स र ग्लोबल आईएमई बैंक रहेका छन् ।

गोर्खाज फाइनान्स, कृषि विकास बैंक र सहयोगी विकास बैंकका सेयरधनीले तीन प्रतिशतभन्दा बढीले कमाएका छन् । आरएमडीसी लघुवित्त, ङादी ग्रुप पावर, बोटलर्स नेपाल, विजय लघुवित्त, नेरुडे लघुवित्त, शाइन रेसुंगा डेभलपमेन्ट बैंक, चिलिमे हाइड्रो लगायतका सेयरधनीले पनि कमाएका छन् ।

यता, वल्र्ड मर्चेन्ट बैंकिङ र एनएमबि हाइब्रिड फण्डका सेयरधनीले तीन प्रतिशतभन्दा बढीले गुमाएका छन् । लुम्बिनी जनरल इन्स्योरेन्स, बरुण हाइड्रो, महालक्ष्मी विकास बैंक, प्रभु इन्स्योरेन्स, बेष्ट फाइनान्स, ग्लोबल आईएमई लघुवित्त, हिमालयन डिस्टीलरी, सानिमा माई हाइड्रो लगायतका सेयरधनीले पनि गुमाएका छ

कमेन्ट गर्नुहोस्

error: Content is protected !!