नेकपा जिल्ला एकता अन्तिम चरणमा, सहमति भएका ६६ जिल्लामा कहाँ कसको नेतृत्व ?

काठमाडौं, भदौ ६ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश र जिल्ला कमिटी एकीकरणको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । पूर्व सहमति अनुसार अहिलसम्म ६६ जिल्ला कमिटीको नेतृत्वमा सहमति भइसकेको छ ।

सहमति भएका ६६ जिल्लामध्ये पूर्व नेकपा एमालेले ४० पूर्व नेकपा माओावदी केन्द्रले २६ जिल्लामा अध्यक्षमा सहमति भएको छ । प्रदेश २ का ८ जिल्लाको भागबण्डा अनौपचारिक रुपमा भए पनि औपचारिक रुपमा सिफारिस गरिएको छैन ।

प्रदेश १ः प्रदेश १ मा अन्तर्गतका एमालेले ताप्लेजुङ, पाँचथर, इलाम, झापा, धनकुटा, मोरङ, तेह्रथुम, सुनसरी, भोजपुरको नेतृत्व पाउने समझदारी भएको छ । माओवादीले संखुवासभा र खोटाङमा पाउने सहमति भए पनि ओखलढुंगा, सोलुखुम्बु र उदयपुरको भागबण्डा नमिलेका कारण कार्यदलले सिफारिस गर्न सकेको छैन ।

प्रदेश २ः प्रदेश २ का सप्तरी, धनुषा, सर्लाही र पर्साको नेतृत्व एमालेले पाउने र महोत्तरी, सिरहा, बारा र रौतहटको नेतृत्व माओवादीले पाउने समझदारी भएको छ ।

प्रदेश ३ः प्रदेश ३ मा मकवानपुर, धादिङ, रसुवा, सिन्धुपाल्चोक, दोलखा, भक्तपुर, ललितपुर, काठमाण्डु, उद्योगी व्यवसायी विशेष जिल्ला कमिटी र पेशागत जिल्ला कमिटीका नेतृत्व तत्कालिन एमालेले पाउने सहमति भएको छ ।

माओवादीले चितवन, नुवाकोट, काभ्रे, रामेछाप, सिन्धुपाल्चोक, युवा विद्यार्थी विशेष जिल्ला कमिटी र मजदूर जिल्ला कमिटीको नेतृत्व पाउने भएको छ ।

प्रदेश ५ः प्रदेश ५ मा एमालेले रुपन्देही, अर्घाखाँची,गुल्मी,पाल्पा, कपिलवस्तु, प्युठान र दाङ जिल्लाको नेतृत्व पाउने भएको छ । माओवादीले परासी, बाँके, बर्दिया, रोल्पा र रुकुमको नेतृत्व पाउने सहमति भएको छ ।

कर्णाली प्रदेशः कर्णाली प्रदेशका १० जिल्लामध्ये एमालेले ५ र माओवादीले ५ जिल्लाको नेतृत्व पाउनेछन् । कालिकोट र मुगु कसले लिने भन्नेमा समझदारी भइसकेको छैन ।

एमालेले दैलेखे, सुर्खेत, जुम्ला र डोल्पा लिने सहमति भएको छ । त्यस्तै माओवादीले जाजरकोट, सल्यान, रुकुम र हुम्लाको नेतृत्व पाउने सहमति भएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!