स्थानीय निकायलाई शक्तिशालि बनाई संघीयता खारेज गर्नुपर्छ : चित्रबहादुर

दोहा, भदौ ६ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयतालाई खारेज गरेर स्थानीय निकायलाई शक्तिशालि बनाउननु पर्ने बताएका छन ।

कतार नेपाली एकता समाजको पाचौ राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै केसीले अहिलेको एकात्मक शासन प्रणालीमा सिहदरबारमा केन्द्रित अधिकारलाई बिकेन्द्रीत गरि नगरपालिका र गाउपालिकालाइ शक्तिशाली बनाइ खर्चिलो प्रदेशको संरचना खारेज गर्नुपर्ने बताए ।

अध्यक्ष केसीले केन्द्र र स्थानीय तहको समन्वयको लागि प्रदेशगत प्रशासनिक संरचना मात्रै भए पुग्ने भन्दै अहिलेको कायम रहेको ७ प्रदेश तथा कर्णाली र गण्डकी प्रदेशको नाम रास्टिय जनमोर्चाले पहिले नै प्रस्ताव गरेकोले अब अन्य प्रदेशको नामकरण गर्दा पनि भूगोल र एतिहासिक पहिचानको आधारमा हुनुपर्ने बताए ।

साथै केसीले अहिलेको बजेटमा पनि सरकारले स्थानीय तहलाई आवश्यक बजेट बिनियोजन नगरी केन्द्रमै राखेकोले अपेक्षा अनुरुप बिकास निर्माणका कार्य हुन नसक्ने बताए ।

पूर्ब उपप्रधानमन्त्री समेत भैसकेका केसीले नेपालमा समाजबाद तत्काल आउन नसक्ने भन्दै अहिलेको पुजीवादी ब्यबस्थामै पनि अगुवा गर्ने नेतृत्वले आचरण परिवर्तन गरेमा पनि जनताको आधारभुत आवश्यकता पूरा गर्ने सकिने बताए ।

केसीले रेमिटान्स बिना देशनै नचलेर आर्थिक संकट आउने खतरा भइरहदा नेपाल जस्तो सानो देशमा केन्द्रीय सरकार संचालन गर्नु पनि गाह्रो हुँदाहुँदै संसदमा बिना छलफल बिदेशीको इशारामा संघीयता लादिएको आरोप लगाए ।

कुनै पनि देशको लाखौं संख्यामा युवा शक्ति बाहिर जानूले देशमा समस्या छ भन्ने संकेत गर्ने भन्दै उनले देशमा उपलब्ध साधन र स्रोतको सहि सदुपयोग हुन आवश्यक रहेको बताए ।

कतार नेपाली एकता समाजका अध्यक्ष लुमकान्त पुनको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा नेपाली प्रवासी मंचका अध्यक्ष चानक पोख्रेल, नेपाली जनसम्पर्क समितिका सह महामन्त्री केदार भुसाल, नेपाली जनप्रगतिशिल मंच पाचौं महाधिवेशन आयोजक समितीका संयोजक रकमध्वज राई, कतार नेपाली एकता समाजका पुर्ब का।ब अध्यक्ष टुकनाथ शर्मा, प्रथम उपाध्यक्ष हेमन्त वाइवा, एनआरएन ए कतारका कार्यबाहक अध्यक्ष तेज कटुवाल, कतार नेपाली एकता समाज कोषाध्यक्ष धनबहादुर परियार, पर्बत युवा सेवा समाजका अध्यक्ष चिन्तामणी शर्मा,  नेपाल पत्रकार महासंघ कार्यसमिति सदस्य दिल रानाभाट, रुपन्देही सेवा समाज अभियानका अध्यक्ष डिल्लिराम भट्टराई, बाग्लुङ सेवा समाजका अध्यक्ष सागर पौडेल, लमजुङ सेवा समाजका अध्यक्ष बिष्णु लाल श्रेष्ठ, धनकुटा प्रवासी समाजका महासचीव रविन थापा शुभकामना मन्तव्य राखेका थिए ।

त्यस्तै, मोरङ सुनसरी सेवा समाजका सचिव नियम भुजेल , अर्घाखाँची सेवा समाजका अध्यक्ष ठाकुर परियार , रास्टिय लोक तथा दोहोरी गित प्रतिस्ठान कतार शाखा अध्यक्ष कृष्ण बराल , काभ्रेपलान्चोक सेवा समाजका अध्यक्ष नन्दप्रसाद ढुंगाना , पाचथर सेवा समाजका अध्यक्ष खडानन्द बास्कोटा , रोल्पा जलजला सेवा समाज अध्यक्ष शिव बुढाथोकी , दाङ देउखुरी सेवा समाजका अध्यक्ष बसन्तराज पुरी, सर्लाही प्रवासी सेवा समाजका अध्यक्ष पेम्बा घलान लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।

साथै कार्यक्रममा रक्तिम सास्कृतिक अभियानका कलाकारले गित तथा नृत्य प्रस्तुत गरेको कार्यक्रममा स्वागत समाजका सचिव बिष्णु थापाले र संचालन महासचिव खिम बुढा मगरले गरेका थिए ।

कतार नेपाली एकता समाजको पाँचौं राष्ट्रिय सम्मेलन बुधबार बन्द सत्रबाट नयाँ नेतृत्व चयन गर्दै सम्पन्न हुनेछ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!