प्रधानमन्त्रीविरुद्ध भ्रम फैलाउने एकजना पक्राउ

काठमाडौँ, भदौ ६ । फेसबुकमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीबारे भ्रमपूर्ण अफवाह फैलाएको भन्दै महानगरीय अपराध महाशाखाले भक्तपुरका होमनाथ सिक्देललाई मंगलबार राजधानीबाट पक्राउ गरेको छ ।

उनीमाथि थप अनुसन्धान भइरहेको छ । विद्युतीय कारोबार ऐनअनुसार सामाजिक सञ्जालमार्फत अफवाह फैलाउनेलाई १ लाख रुपैयाँसम्म जरिवाना वा ५ वर्षसम्म कैद वा दुवै हुन सक्छ । कान्तिपुरमा खबर छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!