सीपीएलः सन्दिपको उत्कृष्ट बलिङ, ७० रनको विजयी लक्ष्य ! [LIVE]

काठमाडौं, भदौ ६ । वेष्टइन्डिजमा जारी क्यारेबियन प्रिमियर लिग (सीपीएलमा) नेपाली युवा क्रिकेटर सन्दिप लामिछानेको प्रदर्शन आज पनि शानदार रहेको छ । उनले आज पनि आफ्नो दोस्रो ओभरमा २ विकेट लिएका छन् ।

खेल सन्दिप आवद्ध सेन्ट किट्स एन्ड नेभिस प्याट्रियोट्स र एसटी लुसिका स्टारबीच खेल भइरहेको छ । प्याट्रियोट्सको कप्तानी क्रीश गेलले गरेका छन् । भने, स्टारको नेतृत्व किरोन पोलार्डले । टस जितेर फिल्डीङ रोजेको सन्दिपको मिटले मात्र ७० रनको विजयी लक्ष्य पाएको छ ।

खेलको लाइभ स्कोर हेर्न यहाँ क्लिक गर्नस्-

पोलार्डको टिमले १० ओभरमा सबै किवेट गुमाउँदै मात्र ६९ रन बनायो । उसका लागि क्विस अहमदले २४ रन बनाउन बाहेक अरुको प्रदर्शन सम्झन लायक रहेन । सन्दिपको टिमले यसअघि तीन खेलमध्ये २ मा पारजित भएको छ । भने, सन्दिपले ३ खेलमा पाँच विकेट लिएका थिए । उनले आजको खेलसँगै अंक तालिकामा ७ विकेट आफ्नो नाममा लेखाएका छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!