इमरानको ‘समाजवादी’ मुभ

विश्व क्रिकेटमा निकै  इमरान खानले राजनीतिमा पनि निकै ठुलो  मारेका हुन्। उनको जीत र त्यसपछिको सत्तारोहणलाई  देशभित्र र देशबाहिर निकै महत्वका साथ  छ।  सत्तरीको दशकदेखि पश्चिमा ट्याब्लोइडहरूमा छाइरहने इमरानले जावेद मियाँदादपछि पाकिस्तानी क्रिकेटको नेतृत्व सम्हाले र सन् १९८७ को विश्वकपपछि क्रिकेटबाट रिटायरमेन्ट लिए ।

तर देशले उनलाई १९९२ विश्वकपमा राष्ट्रिय टीमको नेतृत्व गर्न बोलायो र उनले फाइनलमा इङल्याण्डलाई हराएर पाकिस्तानलाई पहिलो र एकमात्र विश्वकप जिताए।  यसरी उनको क्रिकेट यात्रा एकदमै सफल देखियो।

नब्बेको दशकमा तहरीक-ए-इन्साफ पार्टी खोलेर  गरेका इमरान पाकिस्तानको राजनीतिमा गैर परम्परागत खेमाको प्रतिनिधित्व गर्दथे।  उनका पिता पेसाले इन्जिनियर थिए।  अक्सफोर्ड विश्वविद्यालयबाट शिक्षा हासिल गरेका उनी राजनीतिमा प्रवेश गरेदेखि नै पाकिस्तानका पारम्परिक राजनैतिक शक्तिहरूका प्रखर विरोधी थिए।

पाकिस्तानी सत्तामा पालोपालो गरेर पुगिराख्ने नवाज शरिफ नेतृत्वको राष्ट्रवाद र उदारवादी पूँजीवादमा विश्वास गर्ने पाकिस्तान मुस्लिम लिग र प्रगतिशील र इस्लामिक समाजवादको पक्षधर भनिएको भुट्टो परिवारको नेतृत्व भएको पाकिस्तान पिपल्स पार्टीप्रति आलोचक इमरानलाई १९९९ मा जनरल परवेज मुसर्रफले गरेको सैनिक कुलाई समर्थन गरेको समेत आरोप लाग्ने गरेको छ।  जबकि उनले आधिकारिक रूपमा बारम्बार यसको खण्डन गरिसकेका छन्।

पाकिस्तानमा इमरानको सत्तारोहणलाई आम चुनावी नतिजा मात्रै मानेर हेर्न सकिंदैन।  यो जनताले विकल्प रोज्दैछ भन्ने कुराको प्रमाण समेत हो। पाकिस्तानको स्थापना यता यो देशले चार-चार चोटी सैनिक कुद्वारा निर्वाचित सरकार बर्खास्त गरिएको र तीन पटकका असफल प्रयासहरू झेलिसकेकाे छ।

स्थापनाकालमा भारतमा रहेका मुस्लिम र अल्पसंख्यकहरूको हितका लागि स्थापित भनिएको पाकिस्तानमा यसका प्रमुख संस्थापक मुहम्मद अली जिन्नाको आकस्मिक मृत्युपछि देखि नै अस्थिरता सुरु भएको थियो।

बारम्बार सैनिक कु हुनु, भारतसँगको परम्परागत दुस्मनी र बारम्बारका युद्ध, बंगलादेशको स्वतन्त्रता आदि मात्र होइन वैश्विक शक्ति  सन्तुलनमा आएको परिवर्तन समेतले पनि पाकिस्तान आर्थिक रूपमा दिनानुदिन कमजोर हुँदै आएको छ।  साथै उसको शीत-युद्धकालीन सहयोगी अमेरिकाले अचानक खेमा परिवर्तन गरेर भारत निकट देखिनाले समेत पछिल्लो केही दशक यता पाकिस्तानका चुनौतिहरू बढाएको मान्न सकिन्छ।

यस समय पाकिस्तानको विदेशी मुद्रा संचिति इतिहासकै न्यून स्तरमा पुगेको छ।  त्यस्तै पछिल्लो समय अनियन्त्रित रूपमा बढेर गएको असन्तुष्टि र त्यसले मलजल दिइरहेको इस्लामिक उग्रवादलाई समेत पाकिस्तानका लागि टाउको दुखाइको विषय बनेको छ।

कम छैनन् चुनौती

पाकिस्तानमा इमरानको पहिलो चुनौती भनेकै थला परेको अर्थतन्त्रलाई कसरी दुरुस्त पार्ने रहेको छ।  यो उनले चाहने बित्तिकै भैहाल्ने कुनै चमत्कार भने होइन।  यसका लागि वृहद योजना र पर्याप्त मात्रामा पूँजीनिर्माण, रोजगारीका अवसरहरूको सृष्टि आदि गर्नुपर्ने छ जसका लागि समय त लाग्ने छ नै।  तर इमरानले आफू कुनै मिसन नै लिएर राजनीतिमा होमिएको हो भन्ने कुराको संकेत भने दिइसकेका छन्।

पाकिस्तानी प्रधानमन्त्रीको सान-सौकतको परम्परालाई बदल्दै उनले सामान्य जनसेवकका रूपमा कार्य संचालन गर्ने निरणय लिएका छन्।  यसमा उनको चारैतिर प्रशंशा भैरहेको छ।  प्रधानमन्त्री निवासलाई विश्वविद्यालयमा बदल्ने र आफू सैनिक सचिवको तीन कोठे आवासमा बस्ने निर्णयले उनलाई सबैले प्रशंसनीय कदम भनिरहेका छन्।  त्यस्तै प्रधानमन्त्री कार्यालयमा काम गर्ने कर्मचारीहरूको सङ्ख्या ५ सय २४ बाट दुई मा झार्ने निर्णयलाई साँच्चिकै क्रान्तिकारी मान्न सकिन्छ।

इमरान कुनै शान्त देशका प्रधानमन्त्री होइनन्।  उनको देशको जुनसुकै कुनामा जुनसुकै बेला पनि जस्तो सुकै स्तरको चरमपन्थी आक्रमण सम्भव छ।  पाकिस्तानी सेना लामो समयदेखि देशभित्र चरमपन्थीहरूसँग लड्दै छ।  यस्तो अवस्थामा उनको सामान्य जीवनशैली उनका लागि असामान्य सुरक्षा चुनौती बन्न सक्छ तर पनि यी सबैको परवाह नगरेर सरकारी खर्च कटौतीको उदाहरण आफूबाट नै पेस गर्नु उनको महानता नै हो र यसले उनका अन्य मन्त्रीहरूलाई मात्र होइन अन्य उच्च पदाधिकारीहरूलाई समेत खर्च कटौतीको प्रेरणा मिल्नेछ।

इमरान सेनासँगको निकटताका कारण पनि चर्चामा रहने गरेका छन्।  पाकिस्तानमा बारम्बार सरकार र सेना आमुन्ने-सामुन्ने हुने गर्दछन्।  परवेज मुसर्रफलाई त उनले सुरुमा समर्थन नै गरेका थिए पछि उनी आफैं विरोधमा उत्रिए।  मुसर्रफ स्वयम् कुनै समय सेनाले मन पराएका पात्र थिए। तर पछि उनले नै कु झेल्नु पऱ्यो । यसपाली यस्तो नहोला। यसपाली पाकिस्तानी सेनाले अन्य समस्या पनि झेलिरहेको छ, सेनाले पनि आर्थिक स्थिति सुदृढ पर्न समेत इमरान सरकारका आर्थिक नितीहरूमा भर पर्ने हुन सक्छ ।

इमरानको अगाडिको बाटो त्यति सहज छैन।  तर उनको सुरुवात भने आसलाग्दो छ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!