चिनियाँ ऋणमा बन्न लागेका ३ मेगाप्रोजेक्ट रद्द गर्ने महाथिरको घोषणा

काठमाडौं, भदौ ५ । चीनको पाँच दिन लामो भ्रमणमा रहेका मलेसियाका प्रधानमन्त्री मोहम्मद महाथिरले चिनियाँ ऋणमा बनाउने भनिएको दुई मेगाप्रोजेक्ट रद्द गर्ने सहमति भएको बताएका छन् ।

चिनियाँ एक्जिम बैंकको ऋण सहयोगमा बनाउने भनिएको पूर्वी तटीय रेल लिंक र दुई ग्याँस पाइपलाइन परियोजना रद्द भएका भ्रमणको अन्त्यमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । मलेसियाको आर्थिक अवस्थाका कारण यो परियोजना अघि नबढाइने सहमति भएको उनले बताए ।

मलेसियाको पूर्वी तटीय रेल लिंक २० बिलियन डलर र ग्यास पाइप लाइन २ बिलियनको परियोजना थियो । प्रधानमन्त्री महाथिरले भने सरकारको प्राथमिकता ऋण कम गर्नु भएको बताए ।

पूर्वप्रधानमन्त्री नाजिब रजाकले देशको अर्थतन्त्र ध्वस्त पारेको महाथिरको आरोप छ । २२ वर्षसम्म मलेसियाको प्रधानमन्त्री बनेका महाथिरकै कारण मलेसियाले एसियामा तीब्रगतिमा समृद्धि हासिल गरेको थियो । त्यसपछिका प्रधानमन्त्रीले राम्रो गर्न नसक्दा मलेसियाले अहिले चरम आर्थिक समस्या झेलिरहेको छ ।

९३ वर्षीय महाथिर गएको चुनावमा अत्यधिक मतका साथ निर्वाचित भएका हुन । प्रधानमन्त्री बने लगत्तै उनले मलेसियालाई आर्थिक संकटबधाट बाहिर ल्याउने प्रयासमा सुधारका धेरै काम शुरु गरिसकेका छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!