पूर्णकला र कमलको ‘बिरानो ठाँउ’ सार्वजनिक (भिडियोसहित)

नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा पछिल्लो पटक मौलिक भाकाहरु कम मात्रामा आइरहेको अवस्थामा रामेछाप म्युजिक प्रालिको प्रस्तुतिमा राम परियारको मार्मिक जीवन भोगाईमा आधारित गीत ‘बिरानो ठाँउ’ गीतको भिडियो बजारमा आएको छ ।

गायिका पुर्णकला विसी र गायक कमल सुशान्त केसीको आवाजमा बिरानो भूमि विभिन्न घरायसी बाध्यताले गएका युवाको पीडालाई आधारित रहेर तयार परिएको छ ।

राम परियारको शब्द सिर्जना, एच वि रसाइलीको लय सिर्जना तथा कमल सौरागको एरेन्ज गीतमा रहेको छ । टंक केसीको छाँयाकन, सुजन शाहीको सम्पादन तथा खमेश श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ ।

प्रेमी प्रेमिकाको भुमिकामा कमल बुढा र शर्मिला सिलवालको जिवन्त अभिनय रहेको छ ।

हेर्नुहोस भिडियो

कमेन्ट गर्नुहोस्

error: Content is protected !!