राष्ट्रपति सी र प्रधानमन्त्री महाथिर भेटवार्ता

बेइजिङ, भदौ ५ । चीन भ्रमणमा रहेका मलेसियाका प्रधानमन्त्री महाथिर मोहमद र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री महाथिरले चीनको राजधानी बेइजिङमा सोमबार सीसँग भेटवार्ता गरेका हुन । भेटमा उनीबीच आर्थिक समस्याबाट जुधिरहेको मलेसियालाई सहयोग गर्नेबारेमा छलफल भएको बताइएको छ ।

चीनको औपचारिक भ्रमणमा रहनुभएका ९३ वर्षीय प्रधानमन्त्री महाथिरले यसअघि बेइजिङस्थित ग्रेटहल अफ द पिपुलमा चिनियाँ समकक्षी ली खछ्याङसँग द्विपक्षिय वार्ता गरी संयुक्त पत्रकार सम्मेलन गरेका थिए ।

महाथिरले चीनलाई आवश्यक पर्ने कृषि उत्पादन मलेसियाबाट खरिद गर्ने विषयमा चीनले सहमति जनाएको र प्राथमिकताका आधारमा आर्थिक सहायता गर्ने विषयमा कुरा जानकारी दिए । साथै वार्ता निकै सकारात्मक रहेको उनको भनाई थियो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!