नेकपाको जिल्ला-प्रदेश एकीकरण किन लम्बियो ? कारण यस्तो छ

काठमाडौं, भदौ ५ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकीकरण कार्यदलहरूले समयमै प्रतिवेदन बुझाउन नसकेपछि प्रदेश, जिल्ला र जनसंगठनहरूको एकता प्रक्रिया लम्बिएको छ । साउन मसान्तसम्म एकीकरणसम्बन्धी प्रस्ताव बुझाउन निर्देशन दिइए पनि कतिपयले अझै बुझाउन बाँकी रहेको भन्दै सोमबार बसेको केन्द्रीय सचिवालय बैठकले ७ भदौसम्म समय थप गरेको छ । नयाँ पत्रिकाले यो खबर लेखेको छ ।

‘कतिपय कार्यदलले एकीकरणसम्बन्धी प्रतिवेदन बुझाउन बाँकी नै रहेकाले ७ गतेसम्मका लागि म्याद थप गरिएको छ,’ बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘अब सबै कार्यदलले तोकिएको अवधिभित्र जे-जस्तो अवस्थामा छ, बुझाउनुपर्ने निर्णय भएको छ ।’

नेकपाको सचिवालयले प्रदेश र जिल्ला तह तथा जनसंगठन एकीकरणका लागि छुट्टाछुट्टै कार्यदल बनाएर एकीकरणसम्बन्धी प्रस्ताव तयार पार्न निर्देशन दिएको थियो । विधि, प्रक्रिया र मापदण्ड बनाएर निर्देशन दिए पनि थुप्रै कार्यदलले प्रतिवेदन बुझाउन नसकेपछि नेकपाले सचिवालय बैठकमा छलफल गरेको हो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!