कोइराला परिवार देउवाविरुद्ध महागठबन्धनको तयारीमा

काठमाडौं, भदौ ५ । कोइरालानिवास विराटनगरमा आइतबार शशांकले भने, ‘नेतृत्वका लागि तीनमध्ये एक अघि बढ्छौँ’ । कोइराला परिवारबारे मान्छेहरूले अनेक अड्कलबाजी गरिरहेका छन् । हामीबीच समझदारी छैन भन्ने प्रश्न उठाउँदै आइरहेका छन् । यो निरर्थक र निराधार कुरा हो । नेतृत्वको विषयमा हामीबीच समझदारी बनेको छ । हामी उपयुक्त समयमा उपयुक्त निर्णय लिन्छौँ । नेतृत्वका लागि तीनमध्ये एक अघि बढ्छौँ ।”

पछिल्ला केही महिनायता शशांक, शेखर र सुजाता निरन्तर भेटघाटमा छन् । उनीहरूले सँगै खाना खान भन्दै जुटेर आपसी विश्वास बढाउँदै १४औँ महाधिवेशनको तयारी अघि बढाएका छन् । अझ यो गठबन्धनमा सम्भव भएसम्म सबैलाई समेट्ने र देउवालाई एक्ल्याउने उनीहरूको नीति छ ।

देउवालाई चुनौती, पौडेललाई संकट
कांग्रेसका भ्रातृ संगठनका सबैजसो पछिल्लो अधिवेशनले देउवालाई हतोत्साही बनाएको छ । शिक्षक संघ, ट्रेड युनियन, कानुन व्यवसायीहरूको संस्थाको निर्वाचनमा देउवा पक्षले पराजय भोगेको छ । निर्वाचनमा पराजयको अपजस सबैभन्दा बढी देउवालाई नै छ । तर, आत्मसमीक्षा र कार्यक्रम केही छैनन् ।  नयाँ पत्रिकामा खबर छ ।

त्यसैले देउवापक्ष स्वतः कमजोर हुँदै छ । त्यसमा पनि प्रकाशमानदेखि सिटौलासम्म र केबी गुरुङदेखि गच्छदारसम्मलाई कोइराला परिवारले समेट्न सके सामना गर्न देउवालाई महाभारत हुनेछ । कोइराला परिवारको नयाँ पहलले सबैभन्दा ठूलो चोट रामचन्द्र पौडेललाई पर्दै छ । कोइराला परिवारकै राजनीतिक विरासतलाई सदुपयोग गरेर पार्टी र सरकारको नेतृत्वमा पुग्ने उनको योजना अहिलेसम्म सफल भएको छैन ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!