यस्तो आयो निर्मला हत्याकाण्डको प्रारम्भिक रिपोर्ट, को हुन पक्राउ गरिएका ४१ वर्षीय विष्ट ?

कञ्चनपुर, कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका–२ मा घटेको निर्मला हत्या प्रकरणमा प्रहरीले एकजना व्यक्तिमाथि अभियोग कार्वाही शुरु गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार, बालिका निर्मला हत्यामा ४१ वर्षीय दिलिप सिंह विष्ट पक्राउ परेका हुन ।

प्रहरीले दिलिपले उक्त घटना गरेको दावी गरेपनि घटनामा उनी एक्लै थिए या अन्यको समेत संलग्नता थियो भन्ने कुरा अझै खुल्न सकेको छैन ।

प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ ।

पक्राऊ परेका व्यक्ति यसअघि जेल सजाय भोगिसकेको प्रहरीले जनाएको छ । घटनाको प्रकृति हेर्दा र यसअघि परिवारका सदस्यको बयान हेर्दा निर्मला हत्या षडयन्त्रपूर्वक भएको मिडिया समाचार प्रकाशित भएका थिए । यद्यपी अनुसन्धान अझै पुरा नभएकोले यो विषयमा ठोस यकीनसाथ भन्न सकिने अवस्था भने छैन ।
प्रहरीले सार्वजनिक गरेको घटना विवरण यस्तो छ ।

प्रहरी रिपोर्ट 

                               जिल्ला प्रहरी कार्यालय कञ्चनपुर

मिति २०७५।०५।०४ गते ।

 

                               जबरजस्ती करणी गरी हत्या

घटना विवरण:

जिल्ला कञ्चनपुर भिमदत्त नगरपालिका वडा नम्बर २ खोल्टी बस्ने श्री सरस्वती मा.वि.खोल्टीमा कक्षा ९ मा अध्ययनरत बर्ष १३ कि निर्मला पन्त मिति २०७५।०४।१० गते अ.११:०० बजेको समयमा घरबाट साईकलमा साथीको घरमा कक्षाकार्य गर्न जाने भनी निजसंगै सोही स्कुलमा अध्ययन गर्ने जिल्ला कञ्चनपुर भिमदत्त नगरपालिका वडा नम्बर १८ निम्बुखेडा वस्ने बर्ष १४ कि रोशनी भन्ने आँचल बमको घरमा गएकिमा मिति २०७५।०४।११ गते बिहान अ.०९:०० बजेको समयमा जिल्ला कञ्चनपुर भिमदत्त नगरपालिका वडा नम्बर १८ र २ को सिमानामा पर्ने निम्बुखेडा खोलाको पुर्व उत्तर तर्फ लोकेन्द्र भट्टको उखुवारीमा लास फेला परेको ।

 

 

अनुसन्धान बाट खुल्न आएका तथ्यहरु

  • मृतक निर्मला पन्त मिती २०७५।०४।१० गते अ.११:१५ बजेतिर साथी रोशनी बमको घरमा पुगेको ।
  • रोशनीको घरमा पुग्दा निर्मलाको साईकलको चेन बिग्रकोले बनाउँदा हातमा कालो लागेको अबस्थामा पुगी हात धोएको ।
  • रोशनीको घरबाट अ.१४:१५ बजेको समयमा घरजान्छु भनि निर्मला संगै ल्याएको ३ वटा नोटकपी,कालो पोलिथिनको झोलामा अम्बा र रोशनीले दिएको २० रुपैंया पैसा समेत लिएर निस्केको ।
  • धना भण्डारी,निजको देउरानी  कुमारी जमुना भण्डारी र कुमारी जमुना भण्डारीको छोरा बर्ष ६ को संदिप भण्डारी उक्त साईकल भेटिएको स्थानमा घाँस काट्न जाने क्रममा मिती २०७५।०४।१० गते अ.१६:०० बजेको समयमा साईकल देखेको तर काम नलाग्ने भएकोले फालेको होला भनि वास्ता नगरेको ।
  • मिति २०७५।०४।११ गते बिहान अं.०८:०० बजेको समयमा कृष्णा के.सी. ( नेपाल ) नेपालले साईकल खोलामा देखी आफन्तहरुलाई खबर गरेको ।
  • गोपाल चौधरी (कान नसुन्ने)ले साईकल खोलामा देखी सडकमा निकालेको अबस्थामा मृतकका आफन्त तथा गाउँलेहरु त्यस तर्फ आउँदै गर्दा भेटेको ।
  • घटना मिती २०७५।०४।१० गते अ.१४:३० बजे देखी १५:०० बजेको समयमा भैसकेको ।
  • पोष्टमार्टमको रिपोर्ट अनुसार निर्मलाको बलात्कार र घाँटी थिची हत्या भएको पुष्टी भएको ।
  • प्रारम्भिक सोधपुछको क्रममा अभियुक्तले उक्त घटना आफुले गरेको स्वीकार गरेको ।

 

 

पक्राउ अभियुक्त

नाम :दिलिप सिंह बिष्ट

उमेर:४१ बर्ष

वतन : जिल्ला कञ्चनपुर भिमदत्त नगरपालिका वडा नम्बर १९ बागफाटा खन्ना चौक ।

 

 

पृष्ठभुमी :

  • घरमा बुबा,दाजु,भाउजु र दाईको बुहारी सँगै बसेको र दाईको २ वटा छोरा भारतमा काममा गएको र दाईको छोरीको बिबाह भैसकेको ।
  • २ वटा दिदीहरुको बिबाह भैसकोमा मिती २०६५ सालमा आफ्नै कान्छो भिनाजु नारायण सिंह थापाको हत्या गरी सो अभियोगमा  ९ बर्ष जेल सजायँ भुक्तान गरी २०७४ जेठमा छुटेको ।
  • स्कुलमा कक्षामा राम्रो पढ्ने बिधार्थी दिलिप कक्षा ९ मा पढ्ने बेलामा एकोहोरो मायामा परी १ जना केटीलाई पटक पटक बाटो छेक्ने गरेकोले निज केटीको आफन्तहरुले टाउको समेतमा निकै चोटपर्ने गरी कुटपिट गरेपश्चात पढ्न छोडेको र abnormal ब्यबहार देखाउन थालेको र केटी प्रति क्रेजि भएको ।
  • गाँजा  र मादक पदार्थ सेवन गर्ने ।
  • परिवारका स्त्रीहरु लाई पटक पटक बलात्कार प्रयास गरेको ।
  • बाटोमा महिलाहरु एक्लै देखेमा आफ्नो गोप्य अंग देखाउने गरेको ।
  • जिल्ला कारागारमा दैनिकजसो जाने र २०/३० रुपैया माग्ने गरेको ।
  • घरबाट दैनिक बिहान ८/९ बजे निस्कने र बेलुका रातपरे पछी मात्र घर फर्कने गरेको ।
  • घरमा निजलाई भित्र नसुताई बाहिर नै सुत्ने गरेको ।
  • नयाँ लुगा भएपनि नलगाउने र सधै पुरानो लुगाहरु मात्र लगाई हिंड्ने ।
  • परिबारमा समेत के कुन कतिबेला घरमै के घटना घटाउने हो भन्ने त्रास रहेको ।
  • आफु एक पटक जेल परिसकेको र फेरी सबैलाई मारेर जेल बस्छु बन्दै परिबारका सदस्यहरुलाई धम्काउने गरेको ।
  • मानसिक अबस्था ठिकै भएको तर ब्यबहार abnormal देखाउने र सन्कि टाईपको भएकोले जेलमा समेत निजलाई एक्लै छुट्टै राख्ने गरेको खुल्न आएको ।

 

पक्राउ बिबरण

बलात्कार र कर्तब्य ज्यान मुद्धामा जेलबाट छुटेका अपराधीहरुको निग्रानी गरीरहेकोमा  अभियुक्त दिलिप सिंह बिष्ट मिति २०७५।५।३ गते अन्दाजी २०:०० बजेको समयमा उक्त घटनास्थलमा साईकल भेटिएको स्थानबाट करीब ५० मिटर पश्चिम तर्फ सडक किनारामा हातमा लठ्ठीलिई उभिरहेको अबस्थामा खटिएका सादा पोशाकका प्रहरीले फेलापारी शंकास्पद लागी सोधपुछ गर्न खोज्दा हामी प्रहरी हौं भनि परिचय दिएपश्चात लठ्ठी फालि भाग्नखोज्दा नियनत्रणमा लिईएको ।

 

 

कानुनी कारबाही

पक्राउ परेका अभियुक्त दिलिप सिंह बिष्टलाई जबरजस्ती करणी  र  कर्तब्य ज्यान मुद्दामा जिल्ला अद्दालत कन्चनपुरबाट म्याद थप भइ यस जिल्ला प्रहरी कार्यालय कन्चनपुरबाटश्री केन्द्रिय अनुसन्धान ब्युरोको समन्वयमा  थप अनुसन्धान भैरहेको ।

 

 

कञ्चनपुर प्रहरी प्रबक्ता

(ज्ञान बहादुर सेटी)

प्रहरी नायव उपरीक्षक

जिल्ला प्रहरी कार्यालय कञ्चनपुर

मोबाईल नम्बर -९८५८७५०९१७

कार्यालयको फोन न.०९९-५२१२००, ९८५८७५२२००,१००

Email- dpokanchanpur@nepalpolice.gov.np

Website: https://www.nepalpolice.gov.np

कमेन्ट गर्नुहोस्

error: Content is protected !!