शेयर बजार लगातार ओरालो किन ?

काठमाडौं, भदौ ४ । शेयर बजार सोमबार पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर बजार मापक नेप्से शिरसूचक ८ दशमलब २२ बिन्दुले घटेर एक हजार १८८ बिन्दुमा पुगेको छ ।

‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत १ दशमलब ७८ बिन्दुले २५० दशमलब ७५ बिन्दुमा कायम भएको छ । स्टकका अनुसार आज कूल १६० कम्पनीको छ लाख तीन हजार १०२ कित्ता शेयर रु २२ करोड ६१ लाख ७२ हजार ९३ मूल्यमा खरीद–बिक्री भएको छ ।

सोमबार उत्पादन उपसमूहको शेयर उकालो लाग्दा अरू उपसमूहका शेयर भने ओरालो लागेका छन् । उत्पादन उपसमूहको शेयर ११‍‍.१५ बिन्दुले बढ्दा बैङ्किङ ५.४२, होटल ५.१७, विकास बैंक १३ .१२, जलविद्युत् २३.६३, वित्त २.६९, निर्जीवन बीमा ५९.७४, अन्य ४.६८, माइक्रोफाइनान्स ११.६९ र जीवन बीमा ७५.२ बिन्दुले घटेको छ ।

आज वल्र्ड मर्चेन्ट बैङ्किङ एण्ड फाइनान्स लिमिटेडका लगानीकर्ताले कमाएका छन् भने सिन्धु विकास बैङ्क र राष्ट्रिय बीमा कम्पनी लिमिटेडका लगानीकर्ताले गुमाएका छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!