प्रकाण्डलाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं, भदौ ४ । सर्वोच्च अदालतले नेत्रविक्रम भन्दा (विप्लव) नेतृत्वका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) लाई २४ घण्टाभित्र सर्वोच्चमा उपस्थित आदेश दिएको छ ।

भाई वीरेन्द्र विश्वकर्माले दिएको बन्दी प्रत्यक्षीकरण रिटमा सोमबार सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले प्रकाण्डलाई बाटोको म्यादबाहेक २४ घण्टाभित्र सर्वोच्च अदालतमा उपस्थित गराउन आदेश दिएको हो ।

गएको साउन २२ गते काठमाडौंबाट पक्राउ पारेका प्रकाण्डलाई बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाई गर्दै गएको शुक्रबार रिहाईको आदेश दिएको थियो । तर अदालतबाट उनलाई फेरि प्रहरीले पक्राउ गरी अहिले काभ्रेमा राखेको छ ।

काभ्रेको एक क्रसर उद्योगमा विस्फोटन गराएको आरोपमा अनुसन्धान गर्न भन्दै जिल्ला प्रहरी कार्यालय काभ्रेले हिरासतमा राखेको छ । सोमबार मात्रै जिल्ला प्रहरी कार्यालय काभ्रेले प्रकाण्डमाथि अनुसन्धानका लागि जिल्ला अदालतबाट ३ दिनको म्याद पाएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!