काठमाडौंमा मौलाएको गुन्डाराज र यौनधन्दालाई निस्तेज पार्छु :एसएसपी लामा

काठमाडौं, भदौ ४ । महानगरीय प्रहरी परिसर काठमाडौंको जिम्मेवारी सम्हालेका वरिष्ठ प्रहरी उपरीक्षक वसन्त लामाले काठमाडौंमा मौलाएको गुन्डाराजदेखि यौनधन्दालाई निस्तेज पार्ने बताए ।

सोमबार परिसरमा पत्रकार सम्मेलन गरी उनले ‘म्यानुअल पुलिसिङ’लाई विस्थापित गर्दै ‘प्रविधियुक्त पुलिसिङ’ बनाउनेको जानकारी दिए ।

समाजमा व्याप्त विकृति र विसंगति सबैको सामूहिक प्रयासले मात्रै अन्त्य गर्न सकिने उनको भनाई थियो । प्रहरीको एक्लो प्रयासले मात्रै शान्ति–सुरक्षा कायम नहुने भन्दै सबै पक्षहरुको सहयोग आवश्यक पर्ने उनले बताए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!