रसुवागढी जलविद्युतको सुरुङ ब्रेक थ्रु

रसुवा रसुवा, भाद्र ४ । जिल्लाको गोसाइँकुण्ड गाउँपालिका थुमन र टिमुरेको सिमानामा निर्माणधीन १११ मेगावाटको बहुप्रतिक्षित रसुवागढी जलविद्युत आयोजनाको मुख्य सुरुङमार्ग सोमबार बिहान ब्रेक थ्रु भएको छ ।

रसुवागढी जलविद्युत आयोजना रन अफ रिभर प्रकृतिको आयोजना हो । आयोजनाको ४.१८ किलो मिटर लामो सुरुङमार्ग सोमबार बिहान ब्रेक थ्रु भएको रसुवागढी जलविद्युत कम्पनीका कार्यकारी प्रमुख माधव कोइरलाले जानकारी दिए ।

आयोजनाको सबैभन्दा महत्वपूर्ण र गाह्रो काम मानिएको मुख्य सुरुङमार्ग ब्रेक थ्रु गर्ने काम सकिएपछि अब आयोजना समयमा सकिने कोइरालाले बताए । उनका अनुसार अहिले सिभिलतर्फको समपूर्ण काम तीब्रगतिमा भइरहेको छ ।

अधिकांश संरचना भूमिगत रहेको यस आयोजनाको सिभिल तर्फको निर्माण चिनियाँ ठेकेदार कम्पनी चाइना इन्टरनेशनल वाटर एण्ड इलेक्ट्रिक कर्पोरेशनले गरिरहेको छ । २०७० माघदेखि निर्माण कार्य सुरु भएको आयोजनाको ६७ प्रतिशत काम सकिएको बताइएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!