कालिमाटीमा तनाव बढेपछि पुगे मन्त्री यादव

काठमाडौँ, भदौ ४ । कालीमाटी फलफुल तथा तरकारी बजारमा अनुगमनाका क्रममा उत्पन्न तनाव बढेपछि आपूर्तिमन्त्री मात्रिका आफैँ घटनास्थल पुगेका छन्। मन्त्री यावसँगै आपूर्ति सचिव चन्द्रकुमार घिमिरे पनि कालिमाटी पुगेका थिए।

सोमवार बिहान कालीमाटी फलफुल तथा तरकारी बजार अनुगमन गर्न गएको टोलीलाई त्यहाँ उपस्थित व्यवसायीहरूले धम्क्याएर केही छिन् कालिमाटी बजार विकास समितिको भवनमा थुनेका थिए।

बिचौलियाले चर्को मूल्य बढाएपछि उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण विभागबाट अनुगमन गर्न गएको टोलीको विरोधमा व्यापारीहरू र बिचौलियाहरूले उक्त कदम उठाएका हुन्। उनीहरूलाई मुक्त गर्न व्यापक प्रहरी परिचालन गर्नु परेको थियो।

प्रत्यक्षदर्शीहरूले अनुगमनकर्ताहरूले दुरुस्त बिजबिजक नभएका दुई ट्रक तरकारी नियन्त्रणमा लिएपछि तनाव सुरु भएको थियो।
घटनाको केही क्षणमै त्यहाँ पुगेका मन्त्री यादवले आफ्नो गल्ती ढाकछोप गर्न यसरी अनुगमनमा निस्केको टोलीलाई धम्क्याउनेलाई कारवाहीको छन्।

मन्त्री यादवले किसान र उपभोक्ताबीच रहेका बिचौलियाहरूको कारण मूल्यवृद्धि हुने गरेकाले सरकार उक्त दूरी घटाई महँगी नियन्त्रण गर्न अग्रसर रहेको बताए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!